जेसीबीको ‘एस्युरेन्स’, ग्राहकलाई ‘कन्फिडेन्स’ योजना

काठमाडौं–नेपालका लागि जेसीबी निर्माण तथा हेभि इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले ‘जेसीबीको एस्योरेन्स, ग्राहकलाई कन्फिडेन्स’ योजना घोषणा गरेको छ ।
नयाँ योजनाअन्तर्गत एमएडब्लु अर्थमुभर्सले जेसीबीको पार्टस्मा ३ महिनादेखि ६ महिनासम्मको वारेन्टी उपलब्ध हुनेछ भने टायरमा १ बर्षको उपलब्ध हुनेछ । साथै, जेसीबीले बजारमा उपलब्ध सामान्य ग्रिजभन्दा गुणस्तरीय ग्रिज ‘पर्फर्मेन्स ग्यारेन्टी’ साथ ग्राहकमाझ ल्याएको छ ।
‘हामीले नेपालमै पहिलो पटक आफ्ना ग्राहकहरुको हितलाई ध्यानमा राखी, पार्टपूर्जामा ३ महिनादेखि ६ महिना तथा टायरमा १ वर्षको वारेन्टी साथै २५० डिग्री सेल्सियससम्मको तापक्रम थाम्न सक्ने क्षमता भएको ग्रिज सुपथ मूल्यमा उपलब्ध गराएको छौं । यो ग्रिज बजारमा पाइने ब्रान्डेड ग्रिजभन्दा सुपथ मूल्यको साथै उच्च गुणस्तरको छ र लोकल ग्रिजको भन्दा दुई गुना बढी हुने भएकाले ग्राहकको धेरै पैसा बचत हुन्छ,’ एमएडब्लु अर्थमुभर्सका चिफ सर्भिस म्यानेजर दिपेन बज्राचार्यले भने ।
देशभर १२ वटा शाखा, १५ वटा आधिकारिक विक्री केन्द्र (एआरओ) र दुई सयभन्दा बढी सर्भिस इन्जिनियर जेसीबीका ग्राहकको सेवामा सदा तत्पर छन् । नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र टेली ह्यान्डलर लगायत उत्पादन बजारमा छन् ।
इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट कामगर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दो छ । जेसीबीले विक्रीलाई होइन विक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्राण्ड बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केबल चोरी हुँदा स्पेनमा हाई–स्पिड रेल सेवा प्रभावित
-
नवाजुद्दीन सिद्धिकीले किन भने बलिउडलाई चोर ?
-
नीति तथा कार्यक्रमलाई कर्मकाण्डी बनाइयो : प्रचण्ड
-
प्रदर्शनीमार्गमा राजनीतिक लगायतका प्रदर्शन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश
-
चलचित्र विकास बोर्डको एकसाथ ४ कार्यक्रम सञ्चालन
-
नीति सर्वश्रेष्ठ डेब्यु अभिनेत्री घोषित