पुस १० गते सुदुरपश्चिम प्रदेशमा सार्वजनिक बिदा
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा मनाइने ‘भुवा पर्व’को अवसरमा यही पुस १० गते सार्वजनिक बिदा दिने भएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज प्रकाशित सूचनामा प्रदेश सरकारको निर्णयबमोजिम भुवा पर्व मनाइने पुस १० गते बिहीबार सार्वजनिक बिदा दिइएको उल्लेख गरिएको छ । यो पर्व खास गरी प्रदेशको अछाम, बाजुरा, बझाङलगायतका जिल्लामा उल्लासपूर्वक मनाउने गरिन्छ ।
डोजरमा आगजनी
कैलालीको पूर्वी क्षेत्र लम्कीचुहा नगरपालिकाको रोरा नदी छेउमा रोकिराखेको से३क ३४२१ नंको डोजरमा गए राति आगजनी गरिएको छ । देउती निर्माण सेवाको उक्त डोजरमा आगजनीबाट क्षति पुगेको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी नायब निरीक्षक ओमप्रकाश बटालाले बताए ।
घटनास्थलमा फेला परेको नेकपा नामको पर्चामा पर्यावरणको प्रभावसम्बन्धी कुनै मापदण्ड पूरा नगरी प्राकृतिक स्रोतको दोहन गरिएको उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण