पुस १० गते सुदुरपश्चिम प्रदेशमा सार्वजनिक बिदा
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा मनाइने ‘भुवा पर्व’को अवसरमा यही पुस १० गते सार्वजनिक बिदा दिने भएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज प्रकाशित सूचनामा प्रदेश सरकारको निर्णयबमोजिम भुवा पर्व मनाइने पुस १० गते बिहीबार सार्वजनिक बिदा दिइएको उल्लेख गरिएको छ । यो पर्व खास गरी प्रदेशको अछाम, बाजुरा, बझाङलगायतका जिल्लामा उल्लासपूर्वक मनाउने गरिन्छ ।
डोजरमा आगजनी
कैलालीको पूर्वी क्षेत्र लम्कीचुहा नगरपालिकाको रोरा नदी छेउमा रोकिराखेको से३क ३४२१ नंको डोजरमा गए राति आगजनी गरिएको छ । देउती निर्माण सेवाको उक्त डोजरमा आगजनीबाट क्षति पुगेको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी नायब निरीक्षक ओमप्रकाश बटालाले बताए ।
घटनास्थलमा फेला परेको नेकपा नामको पर्चामा पर्यावरणको प्रभावसम्बन्धी कुनै मापदण्ड पूरा नगरी प्राकृतिक स्रोतको दोहन गरिएको उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारलाई राहत सामग्रीहरु प्रदान
-
पोखरामा प्रदूषणले उकुसमुकुस: उडान ठप्प, जनजीवन प्रभावित
-
टी–२० विश्वकप खेल्न टोली घोषणा गर्यो न्युजिल्यान्डले
-
नेपालमा वैकल्पिक ऊर्जा र उच्च मूल्यसहितका कृषि उत्पादनको पर्याप्त सम्भावना छ : उपाध्यक्ष श्रेष्ठ
-
बझाङको मतगणना अन्तिम चरणमा, एमालेको अग्रता
-
कैलाश सिरोहियाविरुद्ध दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता