सिन्धुपाल्चोक दुर्घटनामा अभिभावक गुमाएकी बालिकालाई मावलीको जिम्मा
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडकको छ किलोमा गत मङ्सिर २९ गते भएको बस दुर्घटनामा बाँच्न सफल छ महिने बालिकालाई बिहीबार आफन्तको जिम्मा लगाइएको छ ।
बालिकाकी आमा सुनिता तामाङको घटनास्थलमा मृत्यु भएको र बाबु बसका चालक सुमन तामाङ प्रहरी हिरासतमा रहेकाले बालिकालाई १२ दिनपछि मामा र ठूलीआमाको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
बालिकालाई सर्लाही जिल्ला लालबन्दी नगरपालिका–१४ निवासी ४१ वर्षीय मामा मइतेसिं लो, ठूलीआमा चिनीमाया लो र सानीआमा सुनमाया लोको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । बस दुर्घटनामा बालिका जीवितै फेला परेपछि खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा लगिएको थियो ।
रोइरहेकी बालिकालाई फकाउन बोतलको दूध चुसाउँदा नमानेपछि दुई महिनाअघि मात्र सुत्केरी भएकी स्थानीय सुनिता माझीले आफ्नो स्तनपान गराउँदा फकिएपछि उनी दैनिक बालिकालाई स्तनपान गराउन अस्पताल जाने गरेकी थिइन् । बालिकालाई अस्पतालले विशेष सुरक्षाका साथ रेखदेख गरिरहेको थियो ।
जिल्ला प्रहरी कार्यालयको आधिकारिक पत्र लिएर आएको हुँदा सुनकोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पौडेल तथा सञ्चारकर्मीको रोहबरमा बालिकालाई मावलीको जिम्मा लगाइएको अस्पताल सञ्चालक समितिका अध्यक्ष कमल नेपालले बताए । बालिकालाई आफन्तको जिम्मा लगाएपछि अस्पतालका नर्सहरु र स्तनपान गराउने महिला पनि निकै भावुक बनेका थिए ।
दोलखाको कालीञ्चोकबाट भक्तपुरका लागि छुटेको बा ४ ख ४४६८ नम्बरको बस सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना हुँदा घटनास्थलमा १२ जना र उपचारको क्रममा चारसहित १६ जनाको मृत्यु भएको थियो । दुर्घटनामा घाइते १९ जनाको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाइजेरियामा आक्रमण हुँदा २० जनाको मृत्यु
-
नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो
-
खाडी मुलुकको भ्रमणमा जाँदैछन् अमेरिकी विदेशमन्त्री रुबियो
-
इन्द्रसरोवरले ल्यायो ४२ करोड भन्दा बढीको बजेट
-
लागुऔषध मुद्दामा फरार दुई जना प्रतिवादी पक्राउ
-
सीमासम्बन्धमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे विश्वप्रकाशले मागे रास्वपाको आधिकारिक धारणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण