मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

लागुऔषध मुद्दामा फरार दुई जना प्रतिवादी पक्राउ

मङ्गलबार, ०९ असार २०८३, १६ : ०७
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • लागुऔषध नियन्त्रण ब्यूरोले लागुऔषध मुद्दामा फरार दुई जना प्रतिवादी ज्ञानेन्द्र खड्का र खडानन्द प्रसाद यादवलाई पक्राउ गरेको छ।
  • खड्का मोरङबाट र यादव काठमाडौँबाट पक्राउ परेका हुन्।
  • उनीहरू दुवै जना जेनजी आन्दोलनका क्रममा भदौ २४ गते थुनाबाट भागेका थिए।

काठमाडौँ । प्रहरीले लागुऔषध नियन्त्रण ब्यूरोले लागुऔषध मुद्दामा फरार दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर–९ घर भएका २९ वर्षीय ज्ञानेन्द्र खड्का र बाराको परवानीपुर गाउँपालिका–२ घर भएका ३० वर्षीय खडानन्द प्रसाद यादव छन्। 

खड्कालाई सोमबार मोरङबाट पक्राउ गरिएको लाागुऔषध नियन्त्रण ब्यूरोका एसपी दुर्गाराज रेग्मीले रातोपाटीलाई बताए । अर्का प्रतिवादी यादव काठमाडौँबाट पक्राउ परेका हुन्। उनीहरू दुवै जना जेनजी आन्दोलन हुँदा भदौ २४ मा थुनाबाट भागेका थिए । ७८ ग्राम खैरो हेरोइन मुद्दामा पक्राउ परेका यादव कारागारबाट भागेका थिए।

ब्यूरोले अनुसन्धान गरिरहेको बेला खड्का जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतबाट भागेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप