सांगीतिक ब्याण्ड ‘बफिन्स ९८’को नयाँ गीत ‘हे निष्ठुरी’
काठमाडौं । सांगीतिक समुह ‘बफिन्स ९८’ले नयाँ गीत ‘हे निष्ठुरी’ ल्याएको छ । रोशन महर्जन (पुर्व गीतारबाधक) र संजीव गुरुङको शब्द, संगीत रहेको गीत भिडियो सहित बाहिर ल्याइएको हो । भिडियो भर्खरै बजारमा आएको ‘आइ फोन १० एक्स एस’बाट खिचिएको छ ।
फोनबाटै खिचिएपनि भिडियोको क्वालिटी राम्रो छ । ‘पछिल्लो समय संगीतबाट सोचेजस्तो आर्थिक लाभ छैन । सर्जकलाई एउटा गीत र भिडियो तयार गर्न थुप्रै रकम खर्चिनु पर्ने बाध्यता छ’संगीकार संजीवले भने ‘आइफोनबाटै भिडियो निर्माण गरि खर्च कम गर्ने हेतुले यो गीत बनाइएको हो ।’ सर्जकलाई कम लगानी मै म्युजिक भिडियो बन्छ भनेर सन्देश दिन पनि मोवाइलबाट खिचिएको गुरुङको भनाई रहेको छ ।
हङकङका रमणीय स्थानमा छायांकन गरिएको भिडिया निर्देशन तथा सम्पादन जीवन भाईले गरेका हुन् । जसमा भिजुअल इफेक्ट्सको रमेश गौतमको रहेको छ ।
२०५५मा पोखराको जनप्रिय क्याम्पसका कही विद्यार्थीहरुले ‘बफिन्स ९८’ नामक ब्याण्ड सुरु गरेका थिए । यस शिर्षकको अर्थ संगीतका बैज्ञानिक भन्ने हुन्छ ।
‘बफिन्स ९८’ ब्याण्डको ‘हाम्रो देश नेपाल’, ‘म मरे पनि मलाई यो देशको माया छ’, ‘शान्तिको गीत’ र ‘शहिद’ ‘बितिसक्यो त्यो दिन’, ‘बुकी फुल’, ‘मेरो माया रोधी घरकी’, ‘अनन्त सागरमा’, र ‘अन्जानैमा बसेछ माया’ गीत चर्चित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण