शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौं मेरिएट होटलमा नयाँ वर्ष २०२० विशेष

सोमबार, १४ पुस २०७६, १९ : ०१
सोमबार, १४ पुस २०७६

काठमाडौं– नेपालको राजधानीमा अवस्थीत काठमाडौं मरिएट होटलले नयाँ शताब्दीमा प्रवेश हुनु अगाडि पहिलो पटक न्यू इयर इभ मनाउँन गइरहेको छ । 

यो विशेष अवसरमा शहरका नियमित अतिथिहरु अथवा नवआगन्तुक वा पर्यटकहरु सम्पूर्णका लागि होटलमा केहि विशेष रहेको छ । मुक्ति एण्ड रिभाइभल्सको लाइभ पर्फमेन्स, डीजे क्वीन र एक विशेष बेली डान्स कार्यक्रमको प्रत्यक्ष प्रदर्शनका साथ नृत्य र डाइनिङ्गको रमणीय साँझ बल रुममा आयोजना गरिएको छ । 

अतिथिहरुले आकर्षक प्याकेजहरु छनौट गर्न सक्नेछन् जसमा विशेष सुविधा र छुटका साथ आवासीय प्याकेज पनि समावेश रहेको छ । होटलको मल्टी क्वीसन रेष्टुरेन्ट ‘ठमेल किचेनमा’ न्यू इयर इभ गाला डिनरको आयोजना पनी हुनेछ जहाँ अनलिमिटेड बफेको व्यवस्था हुने हेटेलले जनाएको छ ।

त्यसबाहेक आधुनिक एशियन रेष्टुरेन्ट एडमामेमा असाधारण क्वीलिनरी फेयरको आयोजना गरिनेछ जहाँ सेफ स्पेशल मेन्यू बाट ६ आधुनिक एशियन कोर्षहरु हुनेछ । यो रेष्टुरेन्टमा एकस्टिक ब्यान्डले प्रस्तुती दिनेछ । अतिथिहरुलाई अगाडि नै बुकिङ गर्न आग्रह गरिएको छ । होटलले सम्पूर्णलाई नयाँ वर्षको शुभकामना दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप