सोमालियामा भएको आतङ्कवादी आक्रमणको राष्ट्रसंघद्वारा निन्दा
संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सोमालियाको राजधानीमा दर्जनौँ व्यक्ति मारिनेगरी भएको आतङ्ककारी कारवम विष्फोटको आइतबार निन्दा गरेको छ ।
शनिबार भएको उक्त आत्मघाती कारवम विस्फोटमा परी ७९ जनाको मृत्यु भएको थियो भने १४९ जना घाइते भएका थिए ।
राष्ट्रसंघ सुरक्षा परिषद्का सदस्यहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सबै किसिमका आतङ्कवाद र घटनाले अन्तराष्ट्रिय शान्ति तथा सुरक्षामा गम्भीर खतरा बढिरहेको छ । आतङ्कवादी आक्रमणबाट सिर्जना भएको चुनौतीको सम्पूर्ण तरिकाले सामना गर्नपुर्ने हुन्छ ।
परिषद्ले सम्पूर्ण राष्ट्रलाई सोमालियाको सरकारलाई सघाउन र घटनाको योजनाकार, आयोजक, आर्थिक लगानीकर्तालाई न्यायको कठघरामा उभ्याउन आग्रह गरेको छ ।
परिषद् सदस्यहरूले शान्ति, स्थायित्व तथा विकासका मुद्दामा सोमालियालाई सघाउने प्रतिवद्धता पुनः प्रकट गरेका छन् । आक्रमणले परिषद्को प्रतिवद्धतामा कुनै कमी नल्याउने पनि विज्ञप्तिमा भनिएको छ ।
शनिबार मोगादिशुको बाहिरी भागमा रहेको एक व्यस्त सडकको चोकमा आत्मघाती आक्रमण गरिएको थियो । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एमाले–कांग्रेस समीकरण आगामी निर्वाचनसम्मै कायम रहन्छ’
-
मुलुकको आर्थिक अवस्थालाई केन्द्रमा राखेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने भन्दै रिट, सर्वोच्चको कारण देखाऊ आदेश
-
६३ दिनदेखि इटहरीकी शाखा अधिकृत बेपत्ता, लाखौँ रकम लिएकी थिइन् सापटी
-
मेरो व्यक्तिगत प्रतिष्ठा र राजनीतिक मर्यादामा आघात पुर्याइयो : विष्णु पन्थी
-
मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा पक्राउ
-
अनेमसंघ (समाजवादी) को अध्यक्षमा सिग्देल चयन