सोमालियामा भएको आतङ्कवादी आक्रमणको राष्ट्रसंघद्वारा निन्दा
संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सोमालियाको राजधानीमा दर्जनौँ व्यक्ति मारिनेगरी भएको आतङ्ककारी कारवम विष्फोटको आइतबार निन्दा गरेको छ ।
शनिबार भएको उक्त आत्मघाती कारवम विस्फोटमा परी ७९ जनाको मृत्यु भएको थियो भने १४९ जना घाइते भएका थिए ।
राष्ट्रसंघ सुरक्षा परिषद्का सदस्यहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सबै किसिमका आतङ्कवाद र घटनाले अन्तराष्ट्रिय शान्ति तथा सुरक्षामा गम्भीर खतरा बढिरहेको छ । आतङ्कवादी आक्रमणबाट सिर्जना भएको चुनौतीको सम्पूर्ण तरिकाले सामना गर्नपुर्ने हुन्छ ।
परिषद्ले सम्पूर्ण राष्ट्रलाई सोमालियाको सरकारलाई सघाउन र घटनाको योजनाकार, आयोजक, आर्थिक लगानीकर्तालाई न्यायको कठघरामा उभ्याउन आग्रह गरेको छ ।
परिषद् सदस्यहरूले शान्ति, स्थायित्व तथा विकासका मुद्दामा सोमालियालाई सघाउने प्रतिवद्धता पुनः प्रकट गरेका छन् । आक्रमणले परिषद्को प्रतिवद्धतामा कुनै कमी नल्याउने पनि विज्ञप्तिमा भनिएको छ ।
शनिबार मोगादिशुको बाहिरी भागमा रहेको एक व्यस्त सडकको चोकमा आत्मघाती आक्रमण गरिएको थियो । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट संशोधन नगरे फेल गर्ने चेनावनी, दबाबमा कोशीका मुख्यमन्त्री
-
संरचनात्मक लाभांश : सामाजिक न्यायको एउटा नयाँ दृष्टि
-
‘होम मिनिस्टर’ टिमको सदस्य हुँ भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्ने युवक पक्राउ
-
शिव परियारलाई ‘म्युजिक खबर दशक संगीत सम्मान’
-
मध्य असारसम्म १२ प्रतिशत मात्रै रोपाइँ : मल र मनसुनको मारमा किसान
-
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण