नारायणकाजी श्रेष्ठ पनि राष्ट्रियसभाका उम्मेदवार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रियसभाका लागि उम्मेदवारहरु टुङ्गो लगाएको छ ।
शुक्रबार बिहान बसेको पार्टीको सचिवालय बैठकले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि १६ जना उम्मेदवारको टुङ्गो लगाएको हो ।
यसमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि रहेका छन् । उनलाई गण्डकी प्रदेशबाट उम्मेदवार बनाइएको छ । उनी गत प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट पराजित भएका थिए ।
त्यस्तै, अर्का शीर्ष नेता बेदुराम भुषाल पनि उम्मेदवार रहेका छन् । राष्ट्रिय सभाको निर्वाचन माघ ९ गते हुँदैछ ।

यस्ता छन् नेकपाबाट राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार
प्रदेश १ बाट तीन उम्मेदवार चयन गरिएको छ । जसअनुसार इन्दु गौतम (महिला), गोपी अछामी (दलितबाट) र देवेन्द्र दाहाल (अन्यबाट) चयन भएका छन् ।
प्रदेश २ मा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवान छन् ।
प्रदेश ३ बाट महिलामा गंगा बेलबासे, अन्यबाट बेदुराम भुसाललाई उम्मेदवार बनाइएको छ ।
गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ (अन्यबाट) र भगवती न्यौपाने (महिलाबाट) लाई उम्मेदवार बनाइएको छ ।
यस्तै, प्रदेश ५ बाट महिलामा विमला घिमिरे, अपाङ्ग तथा अल्पसंख्यकबाट जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराईलाई उम्मेदवार बनाइएको छ ।
कर्णाली प्रदेशमा अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुमित्रा बिसी छन् ।
यस्तै सुदूरपश्चिम प्रदेशमा अन्यमा तारामान स्वाँर र महिलाबाट शारदा भट्टलाई उम्मेदवार बनाइएको छ ।
पार्टी प्रवक्ता श्रेष्ठले पुस २० गते मनोनयन दर्ता गराउने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
