शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल भ्रमण वर्षको चीनमा प्रचार प्रसार

आइतबार, २० पुस २०७६, १८ : ५९
आइतबार, २० पुस २०७६

काठमाडौं । नयाँ वर्ष २०२० को सुरुवातसँगै चीनमा पनि नेपाल भ्रमण वर्षको प्रचार प्रसार सुरु भएको छ । बेइजिङ्गस्थित नेपाली राजदूतावासको आयोजनामा ४ जनवरीमा चच्याङ्ग, यीयुबाट बढीभन्दा बढी चिनियाँ पर्यटक भित्राउने उद्देश्यले भब्य कार्यक्रम गरिएको छ । 

चीनको प्रमुख व्यापारिक सहर ग्वान्जौस्थित नेपाली महाबाणिज्यदुतावास र गैरआवासीय नेपाली संघ चीनको सहकार्यमा पर्यटन वर्ष भब्य रुपमा उद्घाटन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । 

यहाँस्थित पर्ल रिभर क्रुजमा ग्वान्डोङ्ग स्थानीय सरकार, ट्राभल एजेन्सी लगायत उद्योगी, व्यवसायीहरुलाई आमन्त्रण गरी भ्रमण वर्ष २०२० को उद्घाटन गर्न लागिएको हो । महाबाणिज्य दूत हरिशरण पुडासैनी संयोजक एवं गैरआवासीय नेपाली संघ चीनका अध्यक्ष प्रदीप न्यौपाने सहसंयोजक रहेका छन् । 

यस्तै सदस्यहरुमा बाणिज्य दूत कुञ्जन शाह, उपबाणिज्यदूत सरद ढुंगाना, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद क्षेत्रीय महिला संयोजक अमृता थापा (कञ्चन), गैरआवासीय नेपाली संघ चीन संरक्षक सुदेश कुमार झा, आइसीसी सदस्य  नविन विक, उपाध्यक्षद्वय सुशिल बेल्वासे एवं खुश्बु अग्रवाल, महासचिव यम बहादुर क्षेत्री (ओम), सचिव मुकेश श्रेष्ठ, प्रवक्ता मुकुन्द ढकाल, महिला संयोजक सविता वर्तौला, युवा संयोजक सुरज न्यौपाने र सदस्य अशोक गुरुङ्ग रहेका छन् । 

यस समितिको मुख्य उद्देश्य वर्षभरी नै ग्वान्जौस्थित महाबाणिज्य दूतावासको कार्यक्षेत्र अन्र्तगत पर्ने चीनका चार प्रान्त ग्वाङ्गडोङ्ग, फुजियान, क्वान्सी र हाइनान प्रान्तमा नेपाल भ्रमण वर्षको ब्यापक प्रचार गर्ने रहेकाे छ ।

पर्ल रिभरमा कुल ९० मिनेटको क्रुज यात्राभर नेपालका मनमोहक पर्यटन स्थलहरुको श्रब्य दृश्य प्रदर्शन गर्नुका साथै नेपाली कला संस्कृति सम्बन्धी जानकारी गराइनेछ । जसमा १५० चिनियाँ सहित जम्मा २०० को सहभागिता रहनेछ । 

१ जनवरीमा पनि अन्तर्राष्ट्रिय टोपी दिवशको आयोजना गरी ग्वान्जौमा पर्यटन वर्षको लोगो अंकित ज्याकेट लगाई यहाँको मुख्य केन्द्र थेन्हमा झण्डै पचासको संख्यामा गरीएको थियो । यस वर्ष चीनबाट सबैभन्दा बढी पर्यटक नेपाल भ्रमण जाने अपेक्षा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप