‘भिजिट मधेश नेपाल–२०२०’ सञ्चालन हुने
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले ‘भिजिट मधेश नेपाल–२०२०’ घोषणा गरिएको छ । नेपाल आएका विदेशी पर्यटकलाई मधेश भ्रमण गराउने ध्येयले सो घोषणा गरिएको हो ।
भिजिट मधेश नेपालद्वारा मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा ‘भिजिट मधेश डटकम’ र भिजिट मधेश नामक मोबाइल एप्प शुरुआत गरिएको छ । तराई मधेसको फरक हावापानी, पर्यावरण, ऐतिहासिक, पुरातात्विक, धार्मिक एवं प्राकृतिक सम्पदा र धरोहरहरुले पर्यटकलाई झन् आकर्षित गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।
तराई मधेसका २२ वटै जिल्लालाई जोड्ने गरी नागरिकस्तरबाट ‘भिजिट मधेस नेपाल’ अभियान दुई वर्षदेखि जारी रहेको जनाइएको छ । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ, ‘तराई–मधेशका पर्यटकीय गन्तव्य, संस्कृति, खानपान, रहनसहन, वेषभूषा एवं विशेषतालाई विभिन्न किसिमको कार्यक्रम सञ्चालन गरी राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा प्रवद्र्धन एवं चिनाउँदै अगाडि बढिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण