उखु किसानहरुसँग सहमति भएलगत्तै चिनी मिल सञ्चालनमा ल्याउन मन्त्रीको निर्देशन
रौतहट । उद्योगमन्त्री लेखराज भट्टको निर्देशनपछि रौतहटको गरुडास्थित श्रीराम मिल्स सञ्चालन हुने भएको छ । मन्त्री भट्टको कडा निर्देशनपछि अगामी माघ १५ गतेदेखी मिल सञ्चालन गन लागिएको हो । किसानको ४२ करोड पुरानो बक्यौता समेत तिरिनसकेका उधोगीद्वय ह्रितेष गोल्छा र विशाल अग्रवाल केहीदिन अघिसम्म मिल सञ्चालन नगर्ने पक्षमा थिए ।
सर्लाही र रौतहटका किसानहरुको आन्दोलनपछि भएको सहमतिलगतै मन्त्रीको निर्देशनमा मिल सञ्चालन हुन लागेको उखुु उत्पादक किसान संघ रौतहटका कोषाध्यक्ष मनोजकुमार सहनीले बताए । जिल्लाको मध्य भागस्थित गरुडामा रहेको श्रीराम सुगर मिल्स सञ्चालनको तयारी भइरहेको उनले बताए ।

मिल सञ्चालन हुने भएपछि यस सिजनमा जिल्लामा उत्पादन हुने झण्डै १८ लाख क्विन्टल उखुु अब खेर जाने समस्या हटेको छ । मिल सञ्चालनसँगै स्टक रहेको चिनी र स्प्रिट बिक्री गरी ४२ करोड बक्यौता रकम उद्योगीले यथाशिघ्र तिर्ने सहमति भएको संघका सचिव सफिन्द्र यादवले बताए ।
यसवर्ष मिलले लिने उखुको भुक्तानी नेपाल सरकारको निर्देशनअनुसार गर्न समेत उधोगीद्वय गोल्छा र अग्रवाल सहमत भएको सचिव यादवले बताए । बक्यौता रकम पाउने निश्चित भएपछि जिल्लाका किसानहरु खुसी भएका छन् ।
मिलले आर्थिक वर्ष २०७२–०७३ को १२ करोड र गत वर्षको ३० करोड गर कुल ४२ करोड बक्यौता रकम किसानलाई बुझाउनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण