शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अहिले मुलुकमा कूशासन चलेको छ, यसको अन्त हुनुपर्छ: राणा

बिहीबार, २४ पुस २०७६, १८ : १२
बिहीबार, २४ पुस २०७६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर राणाले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहले पु¥याएको योगदानको कदर गर्दै राष्ट्रिय दिवसको माग गरिएको बताएका छन् । २९८ औं पृथ्वी जयन्तीको अवशरमा राष्ट्रिय एकता दिवसको सान्दर्भिकताबारे अन्तरक्रिया गर्न आयोजना भएको कार्यक्रममा राणाले यस्तो बताएका हुन् । उनले अहिले मुलुकमा कूशासन चलेकोले यसको अन्त्य हुनुपर्ने समेत बताए । कर्तव्य पालना नगर्ने शासकहरुविरुद्ध एकजुट भएर अभियानको सुरुवात गर्न पनि उनले आग्रह गरेका छन् ।

पार्टीका अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनीले हिमाल, पहाड र तराई मधेशका जनता सबै सम्मानका साथ राज्यमा बस्न पाउनुपर्छ भन्ने अभियानको सुरुवात शाहले गरेको बताए । पृथ्वी जयन्तीकै अवसरमा भएको अर्को कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाका संस्थापक पृथ्वीनारायण शाहको योगदानलाई जीवित राख्दै सम्पूर्ण नेपालीलाई एकताको सुत्रमा बाँध्न नेपाली सेनाले प्रयास गरिरहेको बताए । 

अनेकौं दृष्टिमा राष्ट्रनिर्माता नामक ग्रन्थको लोकापर्ण कार्यक्रममा प्रधानमन सेनापति थापाले राष्ट्रियता र राष्ट्रिय एकता अभिवृद्धि गर्ने अभिप्रायले एकीकरण मार्ग निर्माण गरिरहेको समेत बताए । नेपाल एकीकरण गर्दा प्रयोग भएका पदमार्ग, एकीकरण अभियानसँग सम्बन्धित इतिहास र ऐतिहासिक धरोहरहरुको संरक्षण र सम्बद्र्धन गरी पर्यटनलाई सहयोग गर्ने लक्ष्यका साथ सेना अगाडी बढेको उनले बताए ।

‘अनेकौं दृष्टिमा राष्ट्रनिर्माता’ ग्रन्थ हरि प्रसाद स्वडारीले लेखेका छन् । लेखक स्वडारीले पृथ्वी नारायण शाहसँग सम्बन्धि प्रकाशित पुस्तकहरुमध्ये यो पुस्तक बृहत रहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप