इक्यानको अध्यक्षमा पाण्डे निर्वाचित
काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा प्रकाश पाण्डे सर्वसम्मत चयन भएका छन्। आइतबार बिहान सम्पन्न १४ औँ साधरणसभाले पाण्डेलाई सर्वसम्मत अध्यक्ष चयन भएका हुन्।
वर्तमान कार्यसमितिको कार्यकाल वैशाखसम्म भए पनि अली अधिवेशन भएको हो। पाण्डे दोस्रो कार्यकालका लागि अध्यक्ष चयन भएका हुन्। उनी यसअघि २०७२ फागुनलेखि २०७४ चैतसम्म अध्यक्ष थिए।
महासचिवमा दीपकराज भुसाल चयन भएका छन्। भुसाल हालको कार्यसमिति सदस्य हुन्।
उपाध्यक्षमा देवीदास भट्टराई, शेषराज भट्टराई, कृष्णहरि केसी चयन भएका छन्। यस्तै सचिवमा बासुदेव दाहाल र बालकृष्ण (बीके) श्रेष्ठ चयन भएका छन्। यस्तै, कोषाध्यक्षमा प्रकाश श्रेष्ठ र सहकोषाध्यक्षमा कर्णबहादुर गुरुङ चयन भएका छन्।
सदस्यहरुमा सुष्मा आचार्य, आशिक कार्की, रत्न भट्टराई, नवराज भट्टराई, पुष्पराज भट्टराई, विकल्पराज पोखरेल, आर्यन उप्रेती, भवनाथ हुमागाईँ, सुवास गौतम र शिवप्रसाद त्रिपाठी निर्वाचित भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा पवित्रा थापासहित ५ जना निर्वाचित
-
समूह 'डी'को निर्णायक भिडन्त सुरु
-
सुदूरपश्चिमबाट रास्वपा केन्द्रीय सदस्यमा केपी खनालसहित ५ जना निर्वाचित (मतपरिणामसहित)
-
को–को निर्वाचित भए रास्वपाको केन्द्रीय सदस्य ? (मतपरिणामसहित)
-
पदाधिकारीमा सहमति जुटाउने रातभरको प्रयास असफल, निर्वाचन प्रक्रिया अघि बढाउने तयारी
-
राति टाउकोमा तेल लगाएर सुत्दा के हुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण