संसदमा देखिएको गतिरोधको प्रमुख बाधक उपसभामुख : पूर्वमन्त्री गजुरेल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले संसदमा देखिएको गतिरोधको प्रमुख कारक र बाधक उपसभामुख भएको बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित एक साक्षात्कारमा बोल्दै नेता गजुरेलले संसदको गतिरोध हटाउनु उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने बताए ।
उपसभामखले राजीनामा नदिएसम्म नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उम्मेदवारी दिन नपाउने भएकाले देश र जनतालाई निकास दिन पनि राजीनामा दिनुपर्ने उनले बताए ।
उपसभामुखले राजीनामा नदिने हो भने पार्टीले गम्भिर छलफल गर्ने समेत गजुरेलले बताए । पार्टीका दुवै अध्यक्षले उनलाई राजीनामा दिन आग्रह गरेको बताउँदै राजिनामा नदिने भए पार्टीले सोही अनुसार अगाडी बढ्ने समेत बताए ।
उनले पार्टीमा सभामुख को हुने भन्ने बहसको विषय भएको र पुरानो सहमति अनुसार नै चयन हुने बताए । उनले उपसभामुखले राजीनामा नदिँदा सम्म बहस गर्नुको कुनै अर्थ नहुने समेत बताए ।
नेता गजुरेलले अहिलेको गत्यावरोधको अवस्था कुनै नौलो कुरा नभएको समेत बताए । उनले पाटीको महाधिवेसन नहुँदा सम्म पावर सेयरिङ हुनैपर्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण