एनजीओ/आइएनजीओलाई घर भाडामा नदिन विप्लव समूहको उर्दी
सोमबार, ०६ माघ २०७६, १२ : ५३
१
धनकुटा । धनकुटामा एनजिओ/आइएनजीओहरुलाई घर भाडामा नदिन विप्लव नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीले उर्दी जारी गरेको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति धनकुटाले प्रेस विज्ञप्ति जारी गर्दै एनजीओ÷आइएनजीओलाई घरबाट हटाउन घरबेटीलाई अपील गरेको हो ।
जिल्ला इन्चार्ज दर्शन किराती र सचिव सुदर्शन थापाद्वारा जारी विज्ञप्तिमा राष्ट्रलाई आर्थिक संकटबाट बचाउनका लागि यस्ता संस्थालाई बाहिस्कार गर्न आग्रह गरिएको छ ।
‘दलाल पुँजीवादी संस्था तपाईको घरमा कार्यालय खोलेर बसेको हुनाले उक्त संस्थाको कार्यालय हटाइदिनुहुन अनुरोध छ । जनताको इच्छा विपरित ढाँटछल गरी आफ्नो स्वार्थ पूरा गरिरहेकाले यस्ता संस्थालाई बन्द गर्ने हाम्रो अभियानमा सहयोग गर्नुहुन अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण