‘म एउटा बालक’ लिएर आए आयुष (भिडियो सहित)
सोमबार, १३ माघ २०७६, १२ : १५
काठमाडौं– बाल गायक आयुष केसीको नयाँ गीत ‘म एउटा बालक’ सार्वजनिक भएको छ ।
अमृत क्षेत्रीको शब्द तथा संगीत रहेको ‘म एउटा बालक’ गीत सुरशाला म्यूजिक एकेडेमीेले सार्वजनिक गरेको हो ।
चर्चित भारतीय टेलिभिजन शो ‘सारेगमप लिटिल च्याम्प्स’मा चौंथो स्थानमा पर्न सफल केसीले आफ्नो दमदार प्रस्तुतीका कारण निकै चर्चा बटुलेका थिए ।
त्यसैगरी, ‘सुरशाला जुनियर आइडल’ सिजन १ को विजेता समेत भइसकेका केसीको ‘म एउटा बालक’ बोलको गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ ।
सवैकुरा बुझेर पनि केही गर्न नसक्ने एउटा बालकको कथा समेटिएको गीतको भिडियोमा आयुष आफैले अभिनय गरेका छन् । भिडियोलाई कुमार केसीले निर्देशन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण