शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुस्तावासीद्वारा गण्डक नहरको बाँध भत्काउने प्रयास (तस्विर)

शुक्रबार, ०९ भदौ २०७४, १६ : १३
शुक्रबार, ०९ भदौ २०७४

परासी । नवलपरासीको सुस्ता गाँउपालिकाबासीले शुक्रबार पुनः गण्डक नहरको बाँध भत्काउने प्रयास गरेका छन् । बाढीको पानी खेतमा जमेर ३ सय विगाहा क्षेत्रफलको अन्नबाली नष्ट भएको र क्षतिपुर्ति नपाएको भन्दै सुस्ताका छिबनी र सत्तपत्तिका किसानहरुले बाँध भत्काउने प्रयास गरेका हुन् । 

घरेलु औजारसहित पुगेका आक्रोशित स्थानीयले करिब १० मिटर लम्बाई, ३ मिटर गहिराई र १ मिटर चौडाई बाँध भत्काएका छन् । गाउँलेहरुले बाँधको ढिस्को, पलस्टर भत्काएका हुन् । स्थानीयले बाँध भत्काउन थालेपछि पुगेको प्रहरीले उनीहरुलाई रोकेको थियो । 

एक साता अघि पनि उक्त क्षेत्रका पीडित किसानहरुले पानीको निकासका लागि गण्डक नहरको बाँध भत्काउने प्रयास गरेका थिए । त्यसवेला पनि स्थानीय प्रशासनले रोकेको थियो । त्यतिबेला नेपाली र भारतीय पक्षबीच पानीको निकास गराउने, क्षतिपुर्ति व्यहोर्ने लगायतका विभिन्न बुँदामा सहमति समेत भएपनि सहमति अनुसार काम नभएको गुनासो गर्दै बाँध पुनः भत्काउन पुगेका हुन् । 

दुई साता अघि परेको अबिरल बर्षाले स्थानीय रायपुरवाँ खोलाको बाँध भत्केर सुस्ता गाउँपालिकाको छिबनी, सत्तपत्ती, फेचुवा, रुपौलिया, महलबारी, कुडिया लगायतका क्षेत्रहरुमा बाढी पसेर डुबानमा परेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप