सुस्तावासीद्वारा गण्डक नहरको बाँध भत्काउने प्रयास (तस्विर)
परासी । नवलपरासीको सुस्ता गाँउपालिकाबासीले शुक्रबार पुनः गण्डक नहरको बाँध भत्काउने प्रयास गरेका छन् । बाढीको पानी खेतमा जमेर ३ सय विगाहा क्षेत्रफलको अन्नबाली नष्ट भएको र क्षतिपुर्ति नपाएको भन्दै सुस्ताका छिबनी र सत्तपत्तिका किसानहरुले बाँध भत्काउने प्रयास गरेका हुन् ।
घरेलु औजारसहित पुगेका आक्रोशित स्थानीयले करिब १० मिटर लम्बाई, ३ मिटर गहिराई र १ मिटर चौडाई बाँध भत्काएका छन् । गाउँलेहरुले बाँधको ढिस्को, पलस्टर भत्काएका हुन् । स्थानीयले बाँध भत्काउन थालेपछि पुगेको प्रहरीले उनीहरुलाई रोकेको थियो ।

एक साता अघि पनि उक्त क्षेत्रका पीडित किसानहरुले पानीको निकासका लागि गण्डक नहरको बाँध भत्काउने प्रयास गरेका थिए । त्यसवेला पनि स्थानीय प्रशासनले रोकेको थियो । त्यतिबेला नेपाली र भारतीय पक्षबीच पानीको निकास गराउने, क्षतिपुर्ति व्यहोर्ने लगायतका विभिन्न बुँदामा सहमति समेत भएपनि सहमति अनुसार काम नभएको गुनासो गर्दै बाँध पुनः भत्काउन पुगेका हुन् ।

दुई साता अघि परेको अबिरल बर्षाले स्थानीय रायपुरवाँ खोलाको बाँध भत्केर सुस्ता गाउँपालिकाको छिबनी, सत्तपत्ती, फेचुवा, रुपौलिया, महलबारी, कुडिया लगायतका क्षेत्रहरुमा बाढी पसेर डुबानमा परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण