रियल म्याड्रिड क्वार्टरफाइनलमा
रियल म्याड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्पार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियल म्याड्रिडले रियल जारागोजालाई उसैको मैदानमा ४–० गोलले हरायो । एकपक्षीय खेलमा रियलले पहिलो र दोस्रो हाफमा दुई दुई गोल गरेको थियो ।
राफेल भरानेले छैटौं मिनेटमा गोलगर्दै रियललाई अग्रता दिलाए । उनले टोनी क्रुसको पासमा गोल गरेका थिए । लुकास भाजक्वीजले ३२औं मिनेटमा दोस्रो गोल गरे । ७२औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई जितको नजिक पुर्याए । ८०औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई सजिलै जिताएका थिए । करिमले ड्यानी कार्भाजलको पासमा गोल गरेका थिए ।
अन्य खेलमा रियल सोसिएडाडले ओसासुनालाई ३–१, ग्रानाडाले सिडी बाडाजोजलाई ३–२, भिल्लारियलले रायोभालेकानोलाई २–० र भ्यालेन्सियाले लियोनेसालाई टाईब्रेकरमा ४–२ गोलले हराउँदै अन्तिम आठमा स्थान बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण