गृह र उपराष्ट्रपति कार्यालयका सचिवको राजीनामा स्वीकृत
गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्यको राजीनामा स्वीकृत भएको छ । २२ माघदेखि सेवानिवृत्त हुने क्रममा रहेका सचिवद्धय राई र आचार्यले दिएको राजीनामा सरकारले स्वीकृत गरेको हो ।
गृह सचिव राईको राजीनामा २० माघदेखि लागू हुनेगरी स्वीकृत गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । उपराष्ट्रपति कार्यालयका सचिव आचार्यको भने केही दिन अघि नै राजीनामा स्वीकृत भइसकेको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
अर्थ मन्त्रालयका सचिव राजन खनाल र नेपाल ट्रस्टका सचिव गजेन्द्र ठाकुरको पदावधि २२ माघमा सकिने भए पनि उनीहरूले भने राजीनामा दिएका छैनन् । खनाल र ठाकुर २२ माघदेखि नै स्वतः पदमुक्त हुनेछन् । यससँगै २२ माघदेखि निजामती क्षेत्रमा चार सचिव पद रिक्त हुने भएको हो । हाल एक सचिव पद रिक्त छ । प्रधानमन्त्री कार्यालयका सचिव अनिल ठाकुर सेवा निवृत्त भएपछि सो पद पनि रिक्त रहँदै आएको छ । सो पदसहित पाँच सचिव पद रिक्त हुने अवस्थामा पुगेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण