शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

बर्दियामा हात्तीको आक्रमणबाट एकको मृत्यु

आइतबार, १९ माघ २०७६, २२ : ०१
आइतबार, १९ माघ २०७६

बर्दिया । बर्दिया राजापुर नगरपालिका–१० भगतपुर बस्ने एकजनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । ८८ नम्बरको पिलरको सीमा जङ्गलमा खर काटी फर्केने क्रममा जङ्गली हात्तीको आक्रमणमा परी नेपालको दश गजाभित्र भगतपुर बस्ने ४९ वर्षका लक्ष्मीप्रसाद थारुको मृत्यु भएको हो ।

हात्तीको आक्रमणबाट सोही स्थान निवासी वर्ष २९ की उमा चौधरी घाइते हुँदा उहाँको उपचारका लागि नेपालगञ्ज पठाइएको राजापुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी  दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप