कोरोना भाइरसका कारण चीन बाहिर पहिलो मृत्यु
आइतबार, १९ माघ २०७६, २३ : ४२
एजेन्सी । कोरोना भाइरसका कारण फिलिपिन्समा पनि एक जनाको मृत्यु भएको छ । सो भाइरसका कारण चीनमा सयौं जनाको मृत्युपछि चीन बाहिरका देशमा संक्रमित बिरामीको मृत्यु भएको यो पहिलो घटना हो ।
फिलिपिन्समा मर्ने ४४ वर्षीय बिरामी चिनियाँ मुलका वुहान निवासी भएको बताइएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार फिलिपिन्स आउनुअघि यी व्यक्तिलाई कोरोना भाइरस लागेको थियो। चीनमा कोरोना भाइरसको कारण अहिलेसम्म ३०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ र १४०० भन्दा बढी व्यक्ति संक्रमित रहेको बताइएको छ ।
यो भाइरसबाट महामारी फैलिने डरले अमेरिका, अष्ट्रेलियालगायत धेरै देशहरूले चीनबाट आउने मानिसहरूलाई प्रतिबन्ध समेत लगाइसकेका छन् । Photo: BBC
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण