बार्सिलोना र रियल कोपा डेल रे बाट आउट
स्पेनिस महारथि बार्सिलोना र रियल म्याड्रिड कोपा डेल रे फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएका छन् । बिहिबार राति भएको खेलमा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १–० गोलले पराजित भयो । अर्को खेलमा घरेलु टोली रियल म्याड्रिड रियल सोसियडाडसँग ४–३ गोलको हार खेप्दै बाहिरियो ।
बिल्बाओका लागि दोस्रो हाफको इन्जुरी समयमा इनाकी विलियम्सले निर्णायक गोल गरेका थिए । बार्सिलोनाले खेलको सुरु देखिनै घरेलु टोलीविरुद्ध दबाब जमाएपनि गोल फर्काएन सकेन । कप्ता लियोनल मेस्सी र अन्सु फाती प्हिलो हाफमा लगातार चुकेका थिए । दोस्रो हाफमा पनि लगातार चुकेको बार्सिलोना इन्जुरी समयमा पुगेर हार खेप्न बाध्य बन्यो ।
यसैगरी रियललाई घरेलु मैदानमा हराउन सोसियडाडका एलेक्सान्डर इसाकले दुई तथा मार्टिन ओडेगार्ड, मिकेल मेरिनोले एक एक गोल गरे । रियालका लागि मार्सेलो, रोड्रिगो र नाचो फर्नान्डेजले गोल गरेपनि टोलीको हार टार्न सकेनन् । सोसियडाडका लागि मार्टिन ओडेगार्डले १२औं मिनेटमा पहिलो गोल गरेका थिए । ५४औं मिनेटमा इसाकले गोल गर्दै सोसियडाडको अग्रता दोब्बर बनाए । इसाकले ५६औं मिनेटमा ब्यक्तिगत दोस्रो गो गरे । मिकेलले ६९औं मिनेटमा चौथो तथा निर्णायक गोल गरेका थिए ।
यसअघि ५९औं मिनेटमा मार्सेलोले गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरे । ८१औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई उत्साह बढाए । इन्जुरी समयमा नाचो फर्नान्डेजले अर्को गोल गरेपनि रियलले हार टार्न सकेन । अन्तिममा एन्डोनी गोरोसावेल दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि रियल १० खेलाडीमा समेटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण