अष्ट्रेलियाका डढेलो पीडितका लागि रक्तदान
शुक्रबार, २४ माघ २०७६, १९ : ३७
काठमाडौं । एनआरएनए अष्ट्रेलियाको नेतृत्वमा डढेलो पीडितका लागि सहयोगार्थ रक्तदान कार्यक्रम सम्पन्न भएको छ । एनआरएनए अष्ट्रेलियाका केन्द्रीय सदस्य वासुदेव दुलाल र टुवीस प्रधानको नेतृत्वमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १९ जनाले रक्तदान र प्लाज़्मादान गरेका छन् ।

अस्ट्रेलियामा लागेको विनाशकारी डडेलोमा परी घाइते भएकाहरुका लागि रगत उपलव्ध गराउने उद्देश्यले फेब्रुअरी ३ र ४ तारिकमा आयोजित रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जानकारी दिएको छ । अष्ट्रेलियाको डढेलोमा परेर २७ जनाले ज्यान गुमाएका छन् भने २१०० घर जलेर नष्ट भएका छन् ।

कार्यक्रमका संयोजक वासुकाअनुसार अष्ट्रेलियाको विपतलाई ख़्याल गर्दै उक्त कार्यक्रम आयोजना गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण