कविता : स्वतन्त्रता
शनिबार, ०३ फागुन २०७६, १६ : २१
-राजेश ढुङ्गाना
स्वतन्त्रता हिजो
बन्धनबाट कैद थियो
तर आज स्वतन्त्रता स्वयम्
स्वतन्त्रताबाटै कैद छ
आफू आफ्नै लागि
पासो भएको छ वर्तमान
मुक्ति स्वयम् आफैँ आफ्ना लागि
कसरी बन्धन भयो हँ ?
एक दशकको
मेरो आयु छरपस्ट त
रगताम्य छ
र घाइते लम्पसार म
अर्धमूच्र्छित तन्द्रामा
थकित–थकित
निदाएको झैँ छु
समय स्थिर भएको छ
घडीमा सुईहरू बन्द छन्
बिहान पनि उस्तै छ
साँझ पनि त्यस्तै छ
केही फरक हुनुपर्ने होइन र
बिहान र साँझमा ?
हिजो र आजमा ?
लम्पसार सुतेको छ
उन्मत्त मातेको मान्छेझैँ
स्थिति
मुर्दा भनौँ मुर्दा होइन
सालिक ठानौँ सालिक पनि होइन
र स्थितप्रज्ञ म
आफैँ–आफैँलाई सान्त्वना
हो वा अझ
समवेदना पो दिइरहेछु
कहिले भयो हँ मेरो मृत्यु ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर रिफर
-
विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान, साउन ८ गतेसम्म आवेदन दिन सकिने
-
ट्रम्पद्वारा इरानको बन्दरगाहमा नाकाबन्दी, अर्को साता विद्युत गृह र पुलहरूमा आक्रमण गर्ने चेतावनी
-
कर्णालीमा कांग्रेसका मन्त्रीहरूले राजीनामा दिन लागेका हुन् ?
-
बाह्रकिलो बजारका घरटहरा स्वःस्फुर्त खाली
-
पछिल्ला वर्षमा कानुन निर्माणको गति सुस्त भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण