आजको मौसम
मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको पूर्वानुमान जारी गरेको छ । मंगलबार महाशाखाले जारी जारी गरेको पूवानुमानका अनुसार पूर्वी पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार हाल नेपालको माथिल्लो वायुमण्डलमा पश्चिमी वायु तथा पूर्वी भू–भाग नजिक न्यून चापिय क्षेत्रको असर छ । साथै, देशका अधीकांश पहाडी स्थानहरूमा आंशिक बदली र केहि स्थानमा तुवालो पनि लागेको छ । भने अन्य क्षेत्रमा मौसम सामान्यतया सफा छ।
आज दिउँसो भने देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। पूर्वी र मध्य पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा मोरक्कोको पुनरागमन, खेल १–१ को बराबरीमा
-
रौतहट प्रहरीद्वारा एकैदिनमा १० जना फरार प्रतिवादी पक्राउ
-
तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
गाक्पोको गोलमा नेदरल्यान्ड्सले लियो अग्रता
-
‘झिँगे दाउ २’को ‘महिमा आमाको’ गीत: मदनकृष्ण, मिथिलादेखि चैत्यदेवीसम्मको छमछमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण