मकवानपुरका सीडीओले भनेः चिकित्सकको पर्चाबिना औषधि नबेच्नू
हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले औषधि पसलहरूलाई कानुनी मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गरेका छन् ।
सोमबार औषधि व्यवसायीहरूसँगको अन्तरक्रियामा उनले वर्षौँदेखि एउटै ढर्रामा सञ्चालित पसलहरूलाई स्मार्ट र व्यावसायिक बन्न भने । प्रजिअ अधिकारीले कतिपय औषधि पसलहरू २५/३० वर्षदेखि एउटै अवस्थामा रहेको र सामान्य सुधार समेत नगरेको उनले बताए । औषधिको नाम, डाक्टरको नाम र खाने तरिका स्पष्ट लेखिएको कागजको झोलामा औषधि प्याक गरेर दिने (प्रोफेसनल) शैली अपनाउन उनले सुझाव दिए ।
प्रजिअ अधिकारीले चिकित्सकको प्रेसक्रिप्सनबिना एन्टिबायोटिक र अन्य औषधि बिक्री गर्ने कार्यलाई तत्काल रोक्न निर्देशन दिए । औषधि पसलमा फर्मासिस्ट अनिवार्य हुनुपर्ने र फर्मासिस्टबिना औषधि बिक्री गर्नु दण्डनीय हुने उनले चेतावनी दिए ।
‘अन्य पसलहरूले चाडपर्वमा सजावट गर्ने र सफा राख्ने गरे पनि औषधि पसलहरू भने उस्तै देखिन्छन् । अब औषधि पसलहरू निट एण्ड क्लिन हुनुपर्छ । कतिपय ठाउँमा त दुर्गन्धित वातावरण, फोहोर डस्टबिन र भुइँमा कारपेट समेत नभएको भेटिएको छ । यस्तो अवस्था स्वीकार्य छैन,’ उनले भने, ‘नागरिकले दुःख पाउँछन् भन्ने बहानामा बिनाप्रेसक्रिप्सन औषधि बेच्न पाइँदैन । नागरिकको स्वास्थ्यको जिम्मा राज्यले लिन्छ । तपाईंहरूले कानुन पालना गर्नुहोस् ।’
नविकरण नगरी औषधि पसल सञ्चालन नगर्न उनले आग्रह गरे । हालै औषधि व्यवस्था विभागले बन्द गरेका ४३ वटा भेट फर्मा, आयुर्वेद केन्द्र र औषधि पसलहरूको तत्काल बन्द गर्ने निर्देशन गरिएको उनको भनाइ छ । कृषि तथा भेट फर्माहरूले झार मार्ने पाराक्वाइटजस्ता घातक औषधि सजिलै बिक्री गरिरहेकोमा उनले बताए ।
उक्त औषधिले मानवीय जीवनमा गम्भीर असर पुर्याउने भएकाले जथाभावी बिक्री वितरण रोक्न कारबाही प्रक्रिबबया अघि बढाउने उनले बताए । ‘हामीसँग चेकलिस्ट र रोस्टर तयार छ । नवीकरण नगरी पसल खोलेमा अनुगमन टोलीले तुरुन्त कारबाही गर्छ । पसल खोल्नुअघि जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउनुपर्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानद्वारा ब्राजिल विरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण