घुस लिएको अभियोगमा प्राविधिक पक्राउ
बिहीबार, ०८ फागुन २०७६, २२ : ०७
सुर्खेत । भेरीगंगा नगरपालिका सुर्खेतका एक प्राविधिकलाई रु दुई लाख घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले खानेपानी प्राविधिक चन्द्रबहादुर केसीलाई आज साँझ भेरीगङ्गाकै मदानेचौरबाट रङ्गेहात पक्राउ गरेको हो ।
अख्तियार सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले निर्माण सम्पन्न भइसकेको झोलुङ्गे पुलको काम गरेवापत खानेपानी प्राविधिक केसीले घुस मागेको खुल्न आएको बताए । अख्तियारको टोलीले घटनास्थल मुचुल्कापछि प्राविधिक केसीमाथि अनुसन्धान शुरु गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालवाहक जहाजका लागि होर्मुज जलमार्ग खुला छ : ह्वाइट हाउस
-
मुगु र बाजुरामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार
-
कृषि ऐन नहुनु दुःखद्, यसै वर्षदेखि वन रक्षकको नयाँ भर्ना खोल्छौँ: मन्त्री गीता चौधरी
-
यस विश्वकपमा कति छ पुरस्कार राशि? विजेता टोलीले कति पाउँछ ?
-
रासायनिक मलको आपूर्ति पाँच लाख ६१ हजार मेट्रिकटन नाघ्यो
-
दरबार हत्याकाण्ड दीपेन्द्रले गरेका होइनन्, त्यो त रेडिमेड कथा मात्र हो : अध्यक्ष ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण