पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको लर्को
काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो बढेको छ ।
साउने सङ्क्रान्तिका दिन बिहान झरीकाबीच पनि पशुपतिनाथ मन्दिरमा भक्तजनको लर्को लागेको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखाका निमित्त प्रमुख अरुण विसेटले जानकारी दिए । साउन महिना भगवान् शिवको महिना भएकाले यो महिनामा धेरै भक्तजन पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शनका लागि आउने गर्छन् ।
पशुपतिनाथ र शिवालयमा हरियो एवं रातो पहिरनमा सजिएका महिलाको विशेष उपस्थिति देखिन्छ । साउनमा पशुपतिनाथ आउने भक्तजनका लागि सहज रुपमा दर्शन गराउने सुविधा दिने उद्देश्यले कोषले विभिन्न तयारी अघि बढाएको छ । जसअन्तर्गत आज साउन महिनाभर स्वयंसेवकका रुपमा काम गर्नेहरुसँग बैठक गर्न लागिएको पनि कोषले जनाएको छ ।
पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत काठमाडौँ उपत्यकाका शिवालयमा पनि भक्तजनको लर्को देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिना बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण