सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी
कपिलवस्तु । नेपाली कांग्रेसका नेता तथा कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं ३ का सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि कुटपिट गरेको आरोपमा अनुसन्धानका लागि कपिलवस्तु जिल्ला अदालतले प्रहरीलाई पक्राउ अनुमति दिएको हो ।
कपिलवस्तुको कृष्णनगरमा भएको सामूहिक आक्रमणको घटनामा सांसद शाहको संलग्नता रहेको आरोप लगाउँदै पीडित पक्षले प्रहरीमा जाहेरी दर्ता गराएका थिए । कुटपिटको घटनामा शाहविरुद्ध मुद्दा दर्ता भएर कानुनी प्रक्रिया अगाडि बढिसकेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।
यसअघि, घटनामा संलग्न व्यक्तिहरूविरुद्ध जाहेरी दिन जाँदा प्रहरीले सुरुमा आलटाल गरेको गुनासो पीडित पक्षले गरेका थिए ।
'ममाथिराजनीतिक प्रतिशोधको आरोप लाग्यो'
आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सांसद शाहले यसलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिँदै उनले यो कदम विपक्षीहरूको षड्यन्त्र भएको दाबी गरे ।
'चुनावी हारको पीडा, विपक्षीहरूको षड्यन्त्र र प्रशासनलाई समेत गुमराहमा राखेर मेरो चरित्र हत्या गर्ने प्रपञ्चबाहेक यो अरू केही होइन,' शाहले लेखेका छन् । प्रहरीले अदालतको अनुमतिसँगै घटनाको थप अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शरणार्थी बनाएर बेच्न हिसाबकिताब राखिएको डायरी अदालतमा बुझाएका छौं’
-
बागमतीका एमाले सांसदलाई प्रश्नः सरकारबाट हट्नै लाग्दा फेरि किन राजीनामा होल्ड भयो ?
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी
-
चार वर्षमा ६ पटक सरकार गठन, सातौं कसरतमा कांग्रेस, एमाले र नेकपा
-
एमालेको सदस्यता नवीकरण करिब ४० प्रतिशत मात्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण