शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

महायज्ञमा प्रवासी नेपाली मन्च अमेरिकाद्वारा १ करोड बढी सहयोग

सोमबार, १२ भदौ २०७४, ११ : ०२
सोमबार, १२ भदौ २०७४

न्युयोर्क -रिजवुड नेपाली समाजले आयोजना गरेको श्रीमद् भागवत महायज्ञमा प्रवासी नेपाली मन्च अमेरिकाले १ लाख ११ हज़ार १ सय ११ डलर तथा ११ सेन्ट हस्तान्तरण गरेको छ ।

नेपालीमा रूपान्तरण गर्दा  १ करोड़ ११ लाख १ सय ११ रूपैया बराबरको चेक  रिजवुड नेपाली समाजलाई रक़म हस्तान्तरण गरिएकाे छ ।


महापुराणमा अहिले सम्मकै सवै भन्दा धेरै चन्दा प्रदान गर्ने प्रवासी नेपाली मन्च अमेरिका भएको छ भने महापुराणका संयोजक समेत रहेका राजेश भट्टले ७५ लाख चन्दा दिएका थिए । यसै गरि समाजसेवी सुर्य लम्सालले पनि ३० लाख चन्दा दिएका थिए । 

प्रवासी नेपाली मन्च अमेरिकाका वर्तमान अध्यक्ष प्रभु थापाले समुदायमा हुने यस्ता कार्यक्रममा अाफूहरू कहिल्यै पछि नपर्ने बताए । 
प्रवासी नेपाली समाज अमेरिकाले गरेको सहयोग र अद्वितीय योगदानको मुक्त कन्ठले प्रसंसा गर्दै रिजउड नेपाली समाज तथा महापुराण आयोजक समितीले बिशेष धन्यबाद दिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप