प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन कहिले ?
असोज १४ देखि प्रतिनिधिसभामा रिक्त सभामुखको पूर्ति भएपनि उपसभामुखको निर्वाचनको सुरसार देखिएको छैन । झन्डै १ महिनादेखि प्रतिनिधिसभा उपसभामुखविहीन छ । नेकपाका सांसद अग्निप्रसाद सापकोटा भने गत माघ १२ गते सभामुखमा निर्विरोध निर्वाचित भएका थिए ।
नेकपाले सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि गत माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी थिइन् । हाल उनले कानून मन्त्रालयको जिम्मेवारी समेत सम्हालिसकेकी छिन् ।
उपसभामुखको निर्वाचन पूर्व कार्यव्यवस्था परामर्श समितिमा सभामुखले एजेण्डाको रुपमा प्रवेश गराएर छलफल गर्नुपर्ने हुन्छ । उपसभामुखको निर्वाचन गर्ने दलीय सहमतिको आधारमा सभामुखले सदनमा मिति तोक्ने व्यवस्था रहेको छ । निर्वाचनको मिति तोकेसँगै निर्वाचन अधिकृत तोकिन्छ र उनले निर्वाचनको कार्यतालिका बनाउँछन् । सोही अनुसार उपसभामुखको निर्वाचन हुने गर्छ ।
सभामुख पुरुष भएमा उपसभामुख महिला र फरक दलबाट हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । अहिले संसदमा बहुमत नेकपाको भएका कारण नेकपाले समर्थन गरेको ब्यक्ति उपसभामुख बन्ने अवस्था छ ।
पछिल्लो राजनीतिक समिकरण हेर्दा नेकपासँग तराई केन्द्रीत दल राष्ट्रिय जनता पार्टी निकट रहेको छ । गत माघ ९ गते भएको राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश २ मा नेकपा र राजपाविच चुनावी तालमेल भएको थियो । उपेन्द्र यादव नेतृत्वको मधेस केन्द्रीत दल समाजवादी पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि राजपा नेकपा सरकारसँग नजिक भएको थियो ।
राजपा नजिक भएका कारण नेकपाले उपसभामुख राजपालाई दिने अनुमान गरिएपनि यसबारेमा कुनै छलफल नभएको दुवै दलका नेताहरु बताउँछन् । उपसभामुख निर्वाचन बारे नेकपाका नेताहरुले राजपासँग कुनै छलफल नगरेको सो पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले बताए । उनले नेकपाले उपसभामुख निर्वाचनलाई अनिर्णयको बन्दी बनाउनु नहुने तर्क गरे ।
यता नेपाली कांग्रेसले गत माघ १२ गते प्रतिनिधि सभामा बोल्दै आफ्नो दलले कमण्डलु लिएर उपसभामुख पद नमाग्ने बताइसकेको छ ।
संविधानले प्रतिनिधिसभामा सभामुखलाई धेरै अधिकार र उपसभामुखलाई कम अधिकारको व्यवस्था गरेका कारण पनि उपसभामुख पद ओझेलमा परेको हो । उपसभामुख नहुँदा संसदीय गतिविधी खासै प्रभाव नपर्ने संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डे बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण