महंगो बन्यो राजधानीबासीको भान्सा, किन घटेन तरकारीको मूल्य ?
काठमाडौं– राजधानीमा साउन अन्तिम सातादेखि आकाशिएको तरकारीको भाउ अझै घट्ने छाटकाट देखिएको छैन । बरु दैनिकजसो मूल्यमा बृद्धि भइरहेको छ ।
बजारमा तरकारीको मूल्य ५० प्रतिशत भन्दा धेरै बृद्धि भएको छ । साउन ३ देखि १७ सम्म ठूलो गोलभेडाको मुल्य नै हेर्ने हो भने प्रति किलो ३५ देखि ५५ रुपैंयाँ पर्दथ्र्याे । जवकी भदौ महिनाको सुरुवात देखिनै त्यही गोलभेडा प्रतिकिलो ११० सम्म तिर्नु परेको छ ।
यस्तै साउन २३ मा किलोको ५५ पर्ने स्थानीय काउली अहिले ८० देखि १०० तिरेर किन्नु पर्ने भएको छ । मूल्य बृद्धि सँगै राजधानीबासीको भान्सा महङ्गो बन्दै गइरहेको छ । दैनिक उपभोग गर्ने तरकारीको मुल्य बृद्धि हुँदा उपभोक्ताहरु अहिले मारमा परेका छन् । गालेभेडा, आलु, काउली, बोडी, फर्सी र हरियो सागलगायतको मूल्य दोब्बरनै बढाईएको छ । साउन २५ सम्म प्रतिकिलो रु ५५ मा पाउने घिउसिमीलाई अहिले ११० सम्म तिर्नु पर्छ ।

यस्तै कालिमाटीबाट लगेको तरकारी व्यापारीहरुले १० देखि २० रुपैँया सम्म प्रतिकिलो बढीमानै बेच्ने गरेका छन् । कालीमाटी तरकारी बजार भन्दा बाहिर १० देखि २० रुपैयाँ सम्म बढीनै तिर्नु पर्ने हुन्छ । तर, कालीमाटी फलफूल बिकास तथा तरकारी विकास समितिका मनोज धितालले प्याज लगायत केही तरकारीको मुल्य घटेको दाबी गरे । साउन १८ मा ३३ रुपैयाँ किलो पर्ने प्याजको मुल्य भदौको यो साता सम्म प्रति किलो ४८ देखि ५५ रुपैयाँ सम्म पुगेको छ । धितालले मूल्य घटेको दाबी गरिरहँदा हामीले भने कृषि उपजको मुल्य सूचि हेर्दा त्यस्तो पाएनौं ।
तरकारीको मूल्यमा राजनिति हावी !
उपभोक्ता मञ्चका अध्यक्ष ज्योति बानियाँले स्थानीय चुनावको समयमा राजनीतिक दलले चुनावी खर्चको लागि व्यापारीसँग चन्दा संकलन गरेका कारण मूल्य बढ्न पुगेको दाबी गरे ।
‘राजनीतिक पार्टी आफ्नो स्वार्थ पुरा गर्न व्यापारीसँग चन्दा संकलन गर्छन् । व्यापारी पनि विभिन्न बाहन गर्दै तरकारीको मुल्य बृद्धि गरिदिन्छन्’, उनले आरोप लगाए ।
राजनितिक दलले गर्ने आन्दोलन्, हड्ताल, बन्दलगायतका कारणले पनि व्यापारी घाटामा पर्ने भन्दै त्यो घाटालाई नाफामा ल्याउनको लागिनै तरकारीको मुल्य बृद्धि गरिने उनको बुझाई छ ।
नेपालमा खाद्यवस्तुको मूल्य न्यूनतम र अधिकतम तोक्ने नियम नहुँदा मुल्य बृद्धि गर्न व्यापारीलाई कुनै पनि सिफरिस नचाहिने उनको भनाई छ ।
सरकारी निकायले चासो नदिँदा मुल्य बृद्धि रोकिएको नरोकिएको र ५० प्रतिशत भन्दा धेरै तरकारीको मुल्य बढ्दा सम्मपनि उपभोक्ता मञ्चमा मुल्य बृद्धिको विषयमा कुनै पनि उजुरी नआएको उनले बताए ।
कालिमाटी तरकारी बजारमा काठमाडौ वरिपरीका जिल्लाबाटनै तरकारी आउने हुँदाबाढी र पहिरोले तरकारी आयातमा समस्या नभएको पनि बानियाँले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण