क्यामरूनको संसदमा सत्ताधारी दललाई फराकिलो बहुमत
एजेन्सी । क्यामरूनका राष्ट्रपति फ वियाको दलले यहाँको संसदमा पूर्ण बहुमत ल्याउन सफल भएको छ । क्यामरूजको संवैधानिक परिषद्ले शुक्रबार निर्वाचन परिणाम सार्वजनिक गरेको छ । परिषद्ले राष्ट्रपति वियाको ‘पिपुल्स डेमोक्र्याटिक मुभमेन्ट’ (आरडीपीसी) ले सुविधाजनक बहुमत ल्याएको घोषणा गरेको छ ।
क्यामरूनको संसदमा कूल १८० सदस्यको प्रतिनिधित्व रहन्छ । ‘फेब्रुअरी ९ मा निर्वाचन सम्पन्न भएका कूल १६७ स्थानमा राष्ट्रपतिको दल आरडीपीसीले १३९ स्थानमा विजय हाँसिल गरेको छ,’ परिषद्का अध्यक्ष क्लेमेन्ट अतानागाले बताए । उक्त दिन देशको एङ्लोफोन क्षेत्रका १३ निर्वाचन क्षेत्रमा निर्वाचन हुन सकेको थिएन ।
उनले निर्वाचन सम्पन्न भएका स्थानको औसत मतदान प्रतिशत सन्तोषप्रद नै रहेको बताए । उक्त दिन ४६ प्रतिशत मतदाताले सहभागिता जनाएका थिए । निर्वाचन स्थगित भएका निर्वाचन क्षेत्रमा छिट्टै अर्को मितिमा निर्वाचन गरिने बताइएको छ । Photo: AFP
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
-
पूर्वप्रधानमन्त्री खनाल साताव्यापी चीन भ्रमणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण