सरकारविरुद्ध देशभर नेविसंघको प्रदर्शन
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आइतबार बिहान देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ । इन्धनमा लगाएको पूर्वाधार कर, पुस्तकमा लगाइएको १० प्रतिशत कर फिर्ता र तत्काल स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको माग गर्दै नेविसंघले देशभरका क्याम्पस अगाडि प्रदर्शन गरेको अध्यक्ष राजीव ढुंगानाले जानकारी दिए ।
साथै ७० करोड कमिसनमा मुछिएका पूर्वमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिँदैमा उन्मुक्ति दिन नहुने माग नेविसंघको छ । उनका अनुसार बिहान ९ बजेदेखि आधाघण्टा देशभरका क्याम्पस अगाडि नेविसंघले विरोध प्रदर्शन गरेको हो । उपत्यकाका पनि सबै मुख्य क्याम्पस अगाडि विरोध प्रदर्शन गरिएको छ ।

नेविसंघले उपत्यकाका त्रिभुवन विश्वविद्याल कीर्तिपुर, त्रिचन्द्र, शंकरदेव, सरस्वती, अश्कल, मिनभवन, आरआर, कोटेश्वर, विश्वभाषा, बालमिकीलगायत क्याम्पसमा विरोध प्रदर्शन भएको छ । किताबमा कर लगाएर सरकारले शिक्षालाई महँगो बनाएको र सुरक्षण मुद्रण खरिद प्रकरणमा कमिसन मागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटालाई राजीनामा दिएकै भरमा उन्मुक्ति दिन खोजिएकोले आन्दोलनमा उत्रिएको महामन्त्री भट्टराईले बताए । उनले आफ्ना मागको सुनुवाइ नभए थप सशक्त रुपमा आन्दोलनमा उत्रिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण