बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारविरुद्ध देशभर नेविसंघको प्रदर्शन

आइतबार, १८ फागुन २०७६, १४ : २५
आइतबार, १८ फागुन २०७६

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आइतबार बिहान देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ । इन्धनमा लगाएको पूर्वाधार कर, पुस्तकमा लगाइएको १० प्रतिशत कर फिर्ता र तत्काल स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको माग गर्दै नेविसंघले देशभरका क्याम्पस अगाडि प्रदर्शन गरेको अध्यक्ष राजीव ढुंगानाले जानकारी दिए ।

साथै ७० करोड कमिसनमा मुछिएका पूर्वमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिँदैमा उन्मुक्ति दिन नहुने माग नेविसंघको छ । उनका अनुसार बिहान ९ बजेदेखि आधाघण्टा देशभरका क्याम्पस अगाडि नेविसंघले विरोध प्रदर्शन गरेको हो । उपत्यकाका पनि सबै मुख्य क्याम्पस अगाडि विरोध प्रदर्शन गरिएको छ ।

नेविसंघले उपत्यकाका त्रिभुवन विश्वविद्याल कीर्तिपुर, त्रिचन्द्र, शंकरदेव, सरस्वती, अश्कल, मिनभवन, आरआर, कोटेश्वर, विश्वभाषा, बालमिकीलगायत क्याम्पसमा विरोध प्रदर्शन भएको छ । किताबमा कर लगाएर सरकारले शिक्षालाई महँगो बनाएको र सुरक्षण मुद्रण खरिद प्रकरणमा कमिसन मागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटालाई राजीनामा दिएकै भरमा उन्मुक्ति दिन खोजिएकोले आन्दोलनमा उत्रिएको महामन्त्री भट्टराईले बताए । उनले आफ्ना मागको सुनुवाइ नभए थप सशक्त रुपमा आन्दोलनमा उत्रिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप