भारतीय राजदूतद्वारा उपराष्ट्रपति र रक्षामन्त्रीसँग भेट
बिहीबार, २२ फागुन २०७६, १७ : ५३
काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले बिहीबार उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गरेका छन् ।
क्वात्राले उपराष्ट्रपतिलाई लैनचौरस्थित उपराष्ट्रपति कार्यालय र रक्षामन्त्रीलाई सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पुगेर भेट गरेका हुन् ।

सो क्रममा राजदूत क्वात्राले एक पुस्तक उपहार दिएका थिए । विश्वभरका प्रमुख व्यक्तिहरुको भिजन र योजनाबारे समेटिएको सो पुस्तकमा प्रधानमन्त्री केपी शर्मा ओलीको लेख समेत समावेश छ ।
क्वात्राले बिहीबार राष्ट्रपति भवन शीतल निवासमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका थिए । सोलगत्तै उनले उपराष्ट्रपति र रक्षामन्त्रीलाई भेटेका हुन् ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
