शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बढ्यो डलरको भाउ, अन्य देशका मुद्राको विनिमयदर कति पुग्यो ?

शुक्रबार, ३० फागुन २०७६, ०९ : १७
शुक्रबार, ३० फागुन २०७६

नेपाल राष्ट्र बैंकले शुक्रबार (फागुन ३०) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०४ पैसा रहेको छ । बिहीबार डलर एकको खरिददर ११७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११८ रुपैयाँ १२ पैसा रहेको थियो भने शुक्रबार बढेको हो । 


यस्तै, युरो एकको खरिददर १३२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५१ पैसा रहेको छ ।


यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७७ पैसा र बिक्रीदर २७ रुपैयाँ ९१ पैसा रहेको छ।  


यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६९ पैसा रहेको छ । 


र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप