मिस नेपालको धरान अडिसनमा ६ जना
धरान र मिस नेपाल २०२० को धरान अडिसनमा ६ जना प्रतियोगीहरुले अडिसन दिएका छन् । ५.४ इन्च उचाईं, प्लस २ पास र १८ वर्ष काटेको अविवाहित युवतीले मात्र अडिसनमा भाग लिन पाउने नियम रहेकोले १२ जना सहभागी भएकोमा अधिकांशको उचाई कम भएकोले अडिसनमा भाग लिन पाएनन् ।
धरानको गोर्खा डिपार्टमेन्ट स्टोरको हलमा आयोजित मिस नेपाल २०२० को धरान अडिसनमा अडिसन दिन पाउनेहरु धरान , इटहरी र धनपालथान गाउँपालिका, मोरङबाट रहेका थिए ।
मिस नेपाल २०१७ निकिता चंडक र मिस नेपाल अर्थ २०१९ रिया बस्नेत निर्णायक रहेको अडिसनमा उनीहरुले गरेको कुराकानी , प्रस्तुति , आत्मविश्वास , बौद्धिक स्तरमापन को आधारमा अंक दिइएको थियो ।
नेपालको ८ वटा ठाउँको अडिसन सकिएपछि आगामी चैत्र १५ गते काठमाडौँको होटल अन्नपूर्णमा अन्तिम अडिसन राखिएको छ र उक्त अडिसन पछि सम्पूर्ण प्रतियोगीहरु बाट अंकको आधारमा अन्तिम २५ जनामा छनोट गरिने आयोजक हिडन ट्रेजरले जनाएको छ ।
मिस नेपालको सुरुवात देखि को ट्रेनर तथा कोरियोग्राफर रचना गुरुङ शर्माको कोरियोग्राफी रहनेछ भने यो बर्ष उनलाई सह–कोरियोग्राफरको रुपमा प्रियारानी लामाले सघाउनेछन् ।
प्रत्येक वर्ष मिस नेपाल विजेताहरुलाई प्रदान गरिदै आएको पुरस्कारको रासी यो वर्षबाट बढाएर प्रति विजेता रु दुई लाख पचास हजार दिइनेछ । यो बर्षका बिजेताहरुले मिस वर्ल्ड, मिस अर्थ , मिस इन्टरनेशनल र मिस सुपर नेशनल मा नेपालको प्रतिनिधित्व गर्नेछन ।
अडिसन अघि मिस नेपाल २०१७ निकिता चंडक र मिस नेपाल अर्थ २०१९ रिया बस्नेत धरानको बिभिन्न कलेजहरु धरान मोडल कलेज, युएन नवोदय कलेज , केन्द्रिय प्रविधि क्याम्पस हात्तिसार, धरान सिटी कलेजमा कलेज एक्टिभेशन कार्यक्रममा सहभागी भएर मिस नेपाल २०२० को प्रचार-प्रसार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा
-
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर रिफर
-
विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान, साउन ८ गतेसम्म आवेदन दिन सकिने
-
ट्रम्पद्वारा इरानको बन्दरगाहमा नाकाबन्दी, अर्को साता विद्युत गृह र पुलहरूमा आक्रमण गर्ने चेतावनी
-
कर्णालीमा कांग्रेसका मन्त्रीहरूले राजीनामा दिन लागेका हुन् ?
-
बाह्रकिलो बजारका घरटहरा स्वःस्फुर्त खाली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण