भीम रावलले भने: सुदूरपश्चिममा स्वास्थ्यकर्मी र औषधी तुरून्त पठाइयोस्
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता भीम रावलले दक्षिणी सीमामा अनियन्त्रित आवागमन रोक्न सरकारसँग आग्रह गरेको छन् । आइतबार आफ्नो ट्वीटर ह्यान्डलमा लेखेका छन्, ‘दक्षिणी सीमामा अनियन्त्रित आवागमन रोक्ने, स्वास्थ्य जाँचको प्रबन्ध गर्नेबारे दुई हप्ता अघि प्रतिनिधिसभामा बोलेको थिएँ ।’
शनिबार भारतबाट सुदूरपश्चिम प्रदेशको गड्डाचौकी हुँदै ठूलो संख्यामा मानिसहरु भित्रिएका थिए । सोही कुरालाई इङ्गित गर्दै रावलले अगाडि लेखेका छन्, ‘सुदूरपश्चिम प्रदेशको गड्डाचौकी लगायतका भन्सार विन्दुमा समस्या देखिएको छ । स्वास्थ्यकर्मी, कल्निकल मास्क, सुरक्षा पोशाक, स्वास्थ्य जाँच उपकरण, ओखती तुरून्त पठाइयोस् ।’
यद्यपि शनिबार विहान कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाको अध्यक्षतामा बसेको सुरक्षा निकाय, स्वास्थ्य कार्यालय र स्थानीय तहका पदाधिकारीको बैठकले कोरोना भाइरसको सम्भावित संक्रमण रोकथामका लागि गड्डाचौकी नाका बन्द गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण