मङ्गलबार, ०१ साउन २०८१
ताजा लोकप्रिय

कोरोनाको परीक्षामा आजको विश्व : के विश्व व्यवस्थाको नयाँ सन्तुलन देखिन थालेको हो?

बिहीबार, १३ चैत २०७६, २० : १४
बिहीबार, १३ चैत २०७६

 विगत केही महिनायता विश्वभर महामारीका रुपमा देखापरेको कोभिड -१९ नामको कोरोना भाइरसले आजको विकसित सभ्यता र आधुनिक विज्ञानलाई निकै कडा चुनौति दिएको छ । यो विश्वव्यापी संकटले विश्वका सबैभन्दा ठूला अर्थतन्त्र तथा शक्तिसम्पन्न कहलाइने राष्ट्रहरु, सभ्यता र समूदायलाई समेत आच्छु आच्छु पार्दै नयाँ चेतना र चेतावनी दुबै दिएको छ । 

मानव जातिले गरेको प्रगति, अनुसन्धान, विकास र प्राविधिलाई नै चुनौती दिएर कोरोना भाइरसले विश्वमै भयावह स्थिति सिर्जना गरिदिएको छ भने आगामी दिनमा यसले विश्वको अर्थराजनीति र विद्यमान शक्तिको सन्तुलनमै उलटपुलट ल्याउने देखिँदैछ । 

विगतका दुई विश्व युद्धमा शक्तिशाली राष्ट्रहरुले आणविक हतियारले ठूलो जनधनको विनाश गरेझैं कोरोना भाइरसले जैविक हतियारका रुपमा मान्छे मारिरहेको छ। मृतकहरुको अन्तिम संस्कारमा समेतमा परिवार सहभागी हुन नसक्ने हृदयविदारक दृश्यहरु सार्वजनिक भैरहेका छन्।

विश्वमा यसअघि ठूलाठूला युद्ध र आक्रमणको नेतृत्व गर्ने, मानवअधिकार रक्षाको ठेक्का लिएझैं कुरा गर्ने देशहरु पनि लाचार भएर परिस्थितिको सामना गर्न सकिरहेका छैनन् र कोरोना भाइरसबाट बच्न बन्धक भएका छन् । अरुको संकटमा रमाउँदै आफूहरु सुरक्षित रहेको भन्नेहरु आज आफै सहयोगको भीख मागिरहेका छन् । तर यस भाइरसको उत्पत्ति भएको थलो चीनले भने ठूलो क्षति पश्चात यस महामारीलाई नियन्त्रणमा लिएको बताइरहेको छ र हाल चीनले नै विश्वका संक्रमित देशहरुमा ठूलो सहयोग पुर्यायउन सुरु गरिसकेको छ।


महामारीको संक्रमणको प्रारम्भिक प्रभाव भैरहँदा केही देशहरुले आफू सुरक्षित छौं भन्ने भ्रममा यसलाई अमुक देशको निजी समस्याको रुपमा लिँदै उपहास गरेका थिए। तर जब महामारीका रुपमा यो विश्वभर फैलिँदै गयो, यसले ती देशहरुपनि झन् बढी समस्यामा पर्दै गएका छन्। 


कोरोना कसरी पैदा भयो? यो प्रकृतिले मानव सभ्यता विरुद्ध गरेको बिद्रोह हो वा कुनै शासकीय अनुसन्धानकर्ताको चरम लापरबाही। हालसम्म यसको कसैले यकिन गर्न सकेको छैन। जेहोस् विश्वलाई नै त्रसित बनाइरहेको यो भाइरस मानव सभ्यताका विकृतिहरुको एउटा पाटो पनि हो । प्रकृतिमाथि मानिसले गरेको अत्याचारको परिणाम हो ।

 महामारीको संक्रमणको प्रारम्भिक प्रभाव भैरहँदा केही देशहरुले आफू सुरक्षित छौं भन्ने भ्रममा यसलाई अमुक देशको निजी समस्याको रुपमा लिँदै उपहास गरेका थिए। तर जब महामारीका रुपमा यो विश्वभर फैलिँदै गयो, यसले ती देशहरुपनि झन् बढी समस्यामा पर्दै गएका छन्। 

यसबाट कुनै पनि देश वा सभ्यताले यस्ता महामारीमार्फत एकले अर्कोलाई पछार्ने प्रतिस्पर्धाको होडबाजीलाई निषेध गर्नुपर्ने पाठ सिकाएको छ। यस अर्थमा यो एक मानव सिर्जित समस्या पनि हो । जेसुकै होस् कोरोना सन्त्रासले थोरै भएपनि दम्भलाई घटाएको छ ।

अरुको दु:खमा रमाउनेहरुलाई पनि पोलिरहेको छ । पुँजी र प्रविधिको कब्जा गर्ने होडबाजीको ठाउँमा क्षणिक भएपनि मानवताको भावनालाई उजागर गरेको छ । चाहे अति विकसित जी२० जस्ता राष्ट्रहरुको समूह होस् चाहे विकासोन्मुख सार्क राष्ट्रहरु,आफ्ना तमाम मतभेद बाबजुद सहकार्यको आवश्यकतालाई बोध गरेका छन् ।


यो कोरोना एउटा भाइरस मात्र नभै २१ औं शताब्दीको मानव सभ्यता तथा तथाकथित सम्पन्न राष्ट्रहरुको वास्तविक परीक्षाको घडी पनि हो।असली मानवतावाद के हो ? मानव अधिकार के हो ? राज्यसत्ता के हो ? र कस्तो हुनुपर्छ ? राज्यको संस्कृति र अनुशासन कस्तो हुनुपर्छ ? आदिबारे सबैलाई सोच्न बाध्य पारेको छ । 


भयावह हुँदै गएको महामारीको नकारात्मक असर र मानव सभ्यताविरुद्धको यो द्वन्द्वमा मान्छेहरू पराजित भइरहेको भएपनि सहकार्य,सद्भाव, आपसी सहयोग र मानवताको अंश अङ्कुरित भइरहेको छ ।

यो भाइरसले नीति, कानुन र प्रचारका माध्यमबाट आफ्नै शासन पद्दतिलाई अब्बल ठान्ने राष्ट्रहरुको राम्रो परीक्षा लिएको छ । जनतासँग एकाकार  हुन, जनताको मन जित्न र जनताको आफ्नो अनुशासन र कर्तव्यको अवस्थालाई एकतामा उतार्नेहरुबीचको भिन्नता उजागर गरेको छ । शासकहरु आफैँलाई अब्बल घोषित गर्दै हिँडेको समयमा यो भाइरसले असली बाघ र कागजी बाघ को हो भन्ने पुष्टि गर्नेवाला छ । ठूलाठूला भ्रष्टाचार गरेर सफल भएको सम्झनेहरुलाई ऎन कानुनले नछोएपनि भाइरसले त्राहिमाम बनाएको छ । 

यो कोरोना एउटा भाइरस मात्र नभै २१ औं शताब्दीको मानव सभ्यता तथा तथाकथित सम्पन्न राष्ट्रहरुको वास्तविक परीक्षाको घडी पनि हो।असली मानवतावाद के हो ? मानव अधिकार के हो ? राज्यसत्ता के हो ? र कस्तो हुनुपर्छ ? राज्यको संस्कृति र अनुशासन कस्तो हुनुपर्छ ? आदिबारे सबैलाई सोच्न बाध्य पारेको छ । 

यो विध्वंस र महामारीलाई २१ औं शताब्दीसम्मको विकसित प्रबिधि,सभ्यता,समाज र तथाकथित मानव अधिकारलाई स्पष्ट गर्दै अर्को वास्तविक तथा अर्थपूर्ण मानवअधिकार, मानवतावादी, प्रकृतिवादी, समानतावादी विश्व व्यवस्थाको खोजी गर्ने शासन तथा अनुशासन,उत्पादन र वितरण,मान्छे र प्रविधि,सम्पन्नता र उपयोगीतालाई सन्तुलन गर्ने नयाँ ढोका खोल्ने अवसर पो भन्ने हो कि?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जनार्दन शर्मा ‘प्रभाकर’
जनार्दन शर्मा ‘प्रभाकर’
लेखकबाट थप