छत्रकोट गाउँपालिकाले मजदुरहरुलाई खाद्यवस्तु उपलब्ध गराउने
गुल्मी – कोरोना भाइरसको बिश्वव्यापी संक्रमणले नेपाली नागरिक पनि प्रभावित भईरहेको र मुलुक लकडाउनका कारण विशेषगरि दिनभरी मजदुरी गरेर छाक टार्ने गरेका मजदुर वर्गको समस्यालाई ध्यानमा राखी गुल्मीको छत्रकोट गाउँपालिकाले वास्तविक समस्यामा परेका त्यस्ता परिवारलाई आधरभुत खाद्यवस्तु उपलब्ध गराउने घोषणा गरेको छ ।
छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्णपन्तद्धारा हस्ताक्षरित विज्ञप्तीमा यस्तो घोषणा गरिएको हो । गाउँपालिका अध्यक्ष पन्तले दैनिक मजदुरी गरेर गुजरा गरेका मजदुर वर्ग भोकमरीमा पर्न नपरोस् भनि आगमी १५ दिनका लागि चामल नुन , तेल जस्ता अत्याबश्यक खाद्य वस्तु वडाध्यक्ष मार्फत उपलब्ध गराउने निर्णय गरिएको बताए ।
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) जिल्ला कमिटी अध्यक्ष समेत रहेका पन्तले मजदुर वर्गमा लक डाउनका कारण पर्न जाने यस्तो समस्या समधानका लागि सवै स्थानीय सरकार लाग्नु पर्ने सुझाव समेत दिए ।
उनले परिवार संख्याको आधारमा वितरण गरिेने बिशेष राहतका लागि छत्रकोट गाउँपालिकाका वडाध्यक्षहरु संग सम्पर्क राख्न अनुरोध गरेका छन् । त्यस्तै रेसुङ्खा नगरपालिकाका मेयर डिल्लीराज भुसालले पनि नगरपालिका भित्रका मजदुरहरुलाई भोकमरीको समस्या हुन नदिने उद्घोष गरेका छन् ।
उनले बाटो खर्चको अभावमा सदरमुकामबाट घर जान नसेकेकाहरुलाई बाटो खर्च दिने र डेरा मै बसेर खाद्यन्न अभाव भएकाहरुलाई खाद्यन्न उपलब्ध गराउने बताएका छन् ।
त्यस्तै गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले पनि बाणिज्य संघले अति मर्कामा परेका मजदुर वर्गलाई दालचामल उपलब्ध गराउने उद्घोष गरेका छन् । ‘कोही त्यस्तो समस्यामा परेको भए सुचित गर्नुहोस् भलामीले भने, ‘गुल्मी उद्योग बाणिज्य संघ कसैलाई पनि भोकै मर्न दिने छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी
-
तीन महिनामा दोस्रो पटक भारतमा घरेलु एलपीजी ग्यासको मूल्यवृद्धि
-
मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित २ जना नियन्त्रणमा
-
फिल्म ‘पेड्डी’ विवादमा जाह्नवीको च्याट लिक
-
यौन उत्पीडनको झुटो आरोप लगाएको स्वीकार गरेपछि अभिनेत्री शिल्पा शिन्दे विवादमा
-
विश्वकपको सङ्घारमा अमेरिका र इरानबिच खेलकुदमा पनि तनाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण