कोरोनाको महामारीपछि विश्वविद्यालयसँग शुल्क फिर्ता माग्दै अस्ट्रेलियाका विद्यार्थी
अस्ट्रेलियाका विद्यार्थीहरुले कोरोना भाइरसको महामारीसँगै कलेजलाई बुझाएको शुल्कको ७० प्रतिशत फिर्ता गरिदिन माग गरेका छन् ।
अनलाइनमार्फत चलाइएको अभियानमा घरेलु तथा अन्तर्राष्ट्रिय विद्यार्थीले पहिलो सेमेस्टरका लागि बुझाइसकेको शुल्क फिर्ता गरिदिन आग्रह गरिएको छ ।
अस्ट्रेलियका विभिन्न विश्वविद्यालयका उपकुलपतिहरुलाई सामूहिक पेश गर्नेगरी तयार गरिएको अनलाइन ज्ञापनपत्रमा अहिलेसम्म २ हजार ८ सय ७९ जनाले हस्ताक्षर गरिसकेका छन् । ३ हजार हस्ताक्षर पुगेपछि ज्ञापनपत्र बुझाउने तयारी अभियन्ताहरुको छ ।
पार्किङलगायत कलेजले उपलब्ध गराउने सुविधा विश्वविद्यालय बन्द भएसँगै बन्द भएकाले विभिन्न शीर्षकमा बुझाइएको रकम फिर्ता गर्नुपर्ने विद्यार्थीहरुको माग छ । अनलाई र रिमोट टिचिङ कक्षाकोठामा गएर पढे बराबर नहुने पनि उनीहरुले उल्लेख गरको छन् ।
विश्वव्यापी महामारीमा विश्वविद्यालयले आफूसँग रहेको ठूलो रकमबाट विद्यार्थीलाई सहयोग गर्नुपर्ने भन्दै उनीहरुले तत्काल रकम फिर्ता गर्न माग गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण