लकडाउन उल्लङ्घन गरेको भन्दै दाइले गरे भाइको हत्या
कोरोनाभाइरसको संक्रमणलाई रोक्नका लागि भारतमा लगाइएको लकडाउन अब मानिसहरुका लागि सकस बन्न थालेको छ । लकडाउनले मानिसहरुको सम्बन्धमा पनि असर गर्न थालेको छ । ठूलो संख्यामा मानिसहरुले रोजगारी गुमाएका छन् । विशेष गरेर मजदुरहरुले धेरै दुःख पाइरहेका छन् । दुई छाक खाना जुटाउन पनि उनीहरुलाई धौ–धौ भइरहेको छ ।
यही संकटकाबीच बुधबार लकडाउनको क्रममा घरबाट निस्किएको भन्दै एक दाइले आफ्नै भाइको हत्या गरेका छन् । कोरोनभाइरसलाई कारण बनाएर देशमा यसलाई पहिलो हत्याको मामिला बताइएको छ । मुम्बईको कान्दिवली इस्टमा बस्ने २८ वर्षीय राजेश ठाकुरले आफ्नो २१ वर्षीय भाइ दुर्गेशको हत्या गरेका हुन् ।
प्रहरीका अनुसार राजेशले दुर्गेशलाई लकडाउनको समयमा घरबाट ननिस्कन निर्देशन दिएका थिए । तर, दुर्गेशले त्यसलाई वेबास्ता गर्दै घरबाट निस्किएका थिए ।
राजेश मुम्बईमा आफ्नो पत्नीसँग बस्थे भने दुर्गेश पुणेमा वेटरको काम गर्थे । लकडाउनका कारण एक हप्ताअघि दुर्गेशले आफ्नो जागिर गुमाएका थिए । त्यसपछि उनी मुम्बई आएर राजेशसँग बस्न थालेका थए ।
बुधबार लकडाउन भएपछि राजेशले उनलाई घरबाट बाहिर ननिस्कन भनेका थिए । तर, दुर्गेश अटेर गर्दै बाहिर निस्केपछि दुईबीच झगडा भएको थियो । यही क्रममा राजेशले दुर्गेशको टाउकोमा भाँडाले प्रहार गर्दा उनी घाइते भएका थिए । उनलाई अस्पताल पु¥याउँदा डाक्टरहरुले मृत घोषित गरेका थिए । प्रहरीले अहिले राजेशलाई पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण