मेडिकल कलेजहरुलाई पनि अनिवार्य रुपमा कोरोनाको उपचार गर्न निर्देशन
काठमाडौँ । सरकारले देशभरका मेडिकल कलेज, शिक्षण अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई पनि अनिवार्य रुपमा कोभिड क्लिनिक सञ्चालन तथा कोरोनाको उपचार गर्न निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल कलेज, शिक्षण अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान, २५ वटा हब अस्पताल, सबै तोकिएका अस्पताल र प्रादेशीक अस्पताल एवम् प्रदेश अन्र्तगर्तका सबै अस्पतालमा अनिवार्य रुपमा कोरोनाको उपचार गर्न निर्देशन दिएको हो ।
उनीहरुलाई मन्त्रालयले तोकेको प्रोटोकल अनुसार उपचार गर्न पनि भनेको छ । यसअघि कतिपय मेडिकल कलेज र निजी अस्पतालहरुले कोरोनाको उपचार गर्न मानेका थिएनन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार तोकिएका मेडिकल कलेज, अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड क्लिनिकको अतिरिक्त अन्य आकस्मिक उपचार सेवाहरु साविक बमोजिम नै प्रदान गर्न निर्देशन दिएको बताए । साथै मन्त्रालयले त्यस्तो सेवा प्रदान गर्दा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरु, बिरामी र बिरामीका आफन्तहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर आवश्यक मिलाउन पनि मन्त्रालयले निर्देशन जारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण