कोरोनाको महाव्याधि ‘दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब संकट’: राष्ट्रसंघ प्रमुख
वितेको २४ घण्टाभित्र स्पेनमा कोरोनाभाइरस महाव्याधिका कारण ८६४ जनाको निधन भएको छ । यो भनेको स्पेनमा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा कोरोनाभाइरसका कारण भएको मृत्यु हो । अहिलेसम्म स्पेनमा ९,०५३ जनाको मृत्यु भइसकेको छ । हाल स्पेनमा कोरोनाभाइरसबाट संक्रमण हुनेहरुको संख्या पनि १०२,१३६ पुगेको छ । तीमध्ये २२,६४७ जना निको भइसकेका छन् ।
सबैभन्दा बढी मृत्यु चाहिँ इटालीमा भएको छ । इटालीमा १२,४२८ जनाको मृत्यु भइसकेको छ । हाल त्यहाँ संक्रमितको संख्या १०५?७९२ रहेका छन् भने २२,६४७ जना मात्रै निको भएका छन् ।
उता इरानमा पनि मृत्यु हुनेहरुको संख्या ३,०३६ हजार पुगेको छ । इरानमा पछिल्लो पटक १३८ जनाको मृत्यु भएको छ ।
त्यसैं गरी, अमेरिकामा पनि कोरोना महाव्याधिकै कारण मृत्यु हुनेहरुको संख्याले ४०५९ पुगेको छ । यो संख्या भनेको कोरोनाभाइरस संक्रमण सबैभन्दा पहिले देखापरेको चीनको भन्दा पनि बढी हो । स्मरण रहोस्, चीनमा ३,३१२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ८१,५५४ रहेको छ । त्यसैगरी, चीनमा निको हुनेहरुको संख्या पनि ७६,२३८ पुगेको छ । अमेरिकामा भने संक्रमितको संख्या नै १,८८,६४७ पुगेको छ भने निको हुनेहरुको संख्या अत्यन्तै न्यून रहेको छ । हालसम्म अमेरिकामा ७,२५१ जना मात्रै निको भएका छन् ।
उता जर्मनीमा संक्रमितको संख्या ७३,१२१७ र मृत्यु हुनेहरुको संख्या ८०२ पुगेको छ । संक्रमितमध्ये १६,१०० जना निको पनि भएका छन् । पछिल्लो पटक जर्मनीमा कोरोनाभाइरस संक्रमणका ५,४५३ केसहरु फेला परेका छन् ।
कोरोनाभाइरसको यो घातक मृत्युदर बढ्दै जाँदा राष्ट्रसंघका प्रमुखले अहिलेको महामारीलाई ‘दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब संकट’ को संज्ञा दिएका छन् ।
संसारभरिमा यो लेख्दासम्म (२०७६ चैत्र १९ गते बेलुकी ६ः३० बजे) मा यही महाव्याधिका कारण ४३,५४१ मानिसको मृत्यु भइसकेको छ । संक्रमण पहिचान भइसकेकाहरुको संख्या पनि ८,७७,०४१ पुगिसकेको छ ।
त्यसो त यही महाव्याधिको संक्रमणमा परेर निको हुनेहरुको संख्या पनि १,८५,०६५ पुगेको छ ।
स्रोतः सीएनएन, अलजजिरा, वर्ल्डोमिटरर्स
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण