बेलायतमा एकैदिन कोरोनाबाट ५६३ जनाको मृत्यु
बुधबार, १९ चैत २०७६, १९ : ५४
लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एक दिनमै ५ सय ६३ जनाको मृत्यु भएको छ । २४ घण्टाको अवधिभित्र बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या यो नै अहिले सम्मकै सबै भन्दा बढी हो ।
बुधबार दिउँसो जारी गरिएको तथ्यांकअनुसार कोरोनाबाट बेलायतमा ज्यान गुमाउनेको कुल संख्या २ हजार ३ सय ५२ पुगेको छ ।
स्वास्थ्य विभागले दिएको जानकारी अनुसार दैनिक ४ हजार ३ सय २४ का दरले कोरोना संक्रमणका रोगीहरु बढ्ने गरेका छन् ।
बेलायतमा हालसम्म २९ हजार ४ सय ७४ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । कोरोनाको संक्रमण शुरु भए यता करिब २ हजार स्वास्थ्यकर्मीको कोरोना भाइरस परिक्षण गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । कोरोनाको कारणबाट विश्वमा ४५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
-
राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि निशान्त र संगीनालाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण