कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो
बुधबार, १९ चैत २०७६, २२ : ४४
विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेकाे संख्या बु्धबार रातिसम्म ९ लाख नाघेको छ । बुधबार रातिसम्म कोरोना संक्रमितको संख्या ९ लाख ३ हजार ७९९ पुगेको हो ।
यस्तै ४५ हजार ३३४ जनाको मृत्यु भएको छ ।
यसैगरी १ लाख ९० हजार ६६० जना कोरोना भाइरसबाट मुक्त भएको पनि जनाइएको छ ।
कोरोनाबाट बेलायत र स्पेनमा एकैदिन क्रमशः ५६३ र ५८९ जनाको मृत्यु भएको छ । यस्तै अमेरिकामा ३४१ र इटालीमा सर्वाधिक ७२७ जनाको मृत्यु भएको छ । इरानमा पनि १३८ जनाको मृत्यु भएको छ ।
नेपालमा यो भाइरसको संक्रमण हालसम्म ५ जनामा देखिएको छ भने त्यसमा पनि एक जना निको भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
-
राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि निशान्त र संगीनालाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण