कोरोनाभाइरसको संक्रमणले अमेरिकामा डेढ महिने शिशुको मृत्यु, गत हप्ता ९ महिनाको बच्चाको ज्यान गयो
अमेरिकामा कोरोनाभाइरसका कारण डेढ महिनाको बच्चाको मृत्यु भएको छ । उक्त शिशु यो महामारीबाट मृत्यु हुने सबैभन्दा कम उमेरको अमेरिकी बच्चा हुन् ।
यसको जानकारी कनेक्टिकटका गभर्नर नेड लमेन्टले बुधबार ट्वीटरमार्फत् जानकारी दिए । नवजात शिशुलाई गत हप्ता अस्पतालमा भर्ना गरिएको थियो । बुधबार राती गरिएको परीक्षणमा बच्चामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । गत हप्ता ९ महिनाको शिशुको पनि कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको थियो । मिडिया रिपोर्ट अनुसार नेशविलेमा पनि दुई महिनाको बच्चाको ज्यान कोरोनाभाइरसले लिएको थियो ।
गभर्नर नेड लमन्टले भने, ‘यो पीडादायी छ । कोरोनाभाइरसका कारण ज्यान गुमाउनेमा यो बच्चा नै सबैभन्दा कान्छो भएको हामीलाई लाग्छ । यो एउटा यस्तो भाइरस हो जसले सबैको जीवनमा हमला गर्छ । यसले हामीलाई घरमा तनावपूर्ण रहन बाध्य गर्छ तर हामी एकअर्कासँग कति दुरी स्थापित गर्छौं, यो यसैमा निर्भर छ ।’
केही दिन अघि पनि न्यू इंगल्याण्ड जर्नलमा चिनियाँ अनुसन्धानकर्ताको एउटा लेख प्रकाशित भएको थियो जसमा ९ महिनाको नवजात शिशुको मृत्यु भएको बताइएको थियो । उक्त रिपोर्टमा बताइए अनुसार अस्पतालमा भर्ना भएको चार हप्तापछि बच्चाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण