संग्रौलाको ‘कोरोना कैरन’ भोलिदेखि रातोपाटीमा
शुक्रबार, २१ चैत २०७६, १३ : ३८
'को सक्छ निदाउन खरबारीमा, वरिपरि मुढाहरु दन्किरहेको बेलामा !' भूपी शेरचनले उठाएको यो काव्यात्मक प्रश्न कोरोना महाव्याधिको बेला झन् सान्दर्भिक भएको छ ।
केही समयअघि पाताल [अमेरिका] प्रवासमा रहेर भरखरै नेपाल फर्केका चर्चित साहित्यकार एवं स्तम्भकार खगेन्द्र संगौलाको हालत पनि भूपिले उठाएका प्रश्न कै जस्तो छ । यसैसन्दर्भमा ‘लकडाउन’का अनुभव र अनुभूतिहरुलाई समेटेर संगौलाले लेख्न थालेका ‘कोरोना कैरन’ भोलिदेखि रातोपाटीमा नियमित रुपमा प्रकाशित हुँदैछ ।
अखबारी दुनियाँमा ‘कुन्साङ काका’का रुपमा पनि चर्चित संग्रौला ठेट भाषाशैली, तीखो व्यंग्य र कथात्मक लेखनीका लागि परिचित छन् ।
समसामयिक विकृतिमाथि चोटिलो कलम चलाउने सिद्धहस्त लेखकका रुपमा आमजनतामाझ स्थापित संगौलाको नयाँ स्तम्भ ‘कोरोना कैरन’का लागि भोलिसम्म प्रतीक्षा गर्नुहोला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण