बेलायतमा थप ६ सय ८४ को मृत्यु
लन्डन । कोरोना भाइरस (कोभिड१९) को संक्रमणबाट बेलायतमा पछिल्लो २४ घन्टामा थप ६ सय ८४ जनाको मृत्यु भएको छ । हालसम्म बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ६ सय ५ पुगेको छ । हिजो बिहीबार ५ सय ६९ जनाको मृत्यु भएकोमा आज अहिलेसम्मकै सबैभन्दा बढीको मृत्यु भएको हो ।
स्वास्थ्य विभागले जनाए अनुसार आज बिहान ९ बजेसम्म ३८ हजार १ सय ६८ जना कोरोना भाइरसको शिकार बनिसकेका छन् । स्कटल्याण्डमा कोरोनाका कारण आज थप ४६ जनाको मृत्यु भएपछि जम्मा मृत्यु हुनेको संख्या १ सय ७२ पुगेको छ भने वेल्समा आज थप २४ जना सहित १ सय ४१ जनाको मृत्यु भएको छ ।
इंग्ल्याण्डमा आज ६ सय ४ जानको मृत्यु भएको छ, जसअनुसार इंग्ल्याण्डमा मात्र ३ हजार ३ सय २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यसैगरी नर्दर्न आएरल्याण्डमा थप १२ जना सहित जम्मा संख्या ४८ पुगेको छ । कोरोना भाइरसको बढ्दो प्रकोपलाई मध्यनजर गर्दै पूर्वी लन्डनको विशाल प्रदर्शनी भवन एक्शेल सेन्टरलाई बेलायतको सबैभन्दा नयां र सबै भन्दा ठूलो एनएचएस नाइटिंगेल हस्पिटलको रुपमा परिणत गरेको छ ।
उक्त हस्पिटलको आज मात्र राजकुमार चार्ल्सले उद्घाटन गरेका हुन । कोरोना भाइरसका संक्रमणका कारण राजकुमार चार्ल्स पनि भर्खरै मात्र सेल्फ आइसोलेशनबाट मुक्त भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
-
राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि निशान्त र संगीनालाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण