नेपालमा पहिलो पटक एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्यो
काठमाडौं । नेपालमा पहिलो पटक एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस सरेको पुष्टि भएको छ । यसअघि विदेशबाट आएका नेपालीमा मात्रै कोरोनाको संक्रमण पुष्टि भएकोमा पहिलो पटक देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कैलालीको धनगढीकी ३४ वर्षीया एक महिलामा पनि कोरोना पुष्टि भएको छ। ती महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको बताइएको छ । ती पुरुष दुबईबाट नेपाल आएका थिए ।
मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषमा पनि कोरोना भाइरस पुष्टि भएको छ ।
यस्तै भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष पनि कोरोना पुष्टि भएको छ ।
थप तीन जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । त्यसमा एक जना निको भएर घर फर्किसकेका छन् । सरकारले कोरोनाको संक्रमण हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै आगामी चैत २५ गतेसम्मका लागि लकडाउन घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकलमा गाँजा तस्करी, रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

